Advertisement Banner
Advertisement Banner

२३ आइतबार, भाद्र २०८१23rd July 2024, 10:09:55 am

प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता

२८ सोमबार , जेठ २०८१३ महिना अगाडि

प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आइतबार बेलुका भेट गरि समकक्षी नरेन्द्र मोदीलाई लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा बधाई दिएका थिए ।  

तेस्रो कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल-भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल गरेको बताईएको छ । भेटमा उनीहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा समेत छलफल भएको थियो ।

आइतबार भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन् भारत पुगेका प्रधानमन्त्री प्रचण्डका साथमा उनकी सुपुत्री गङ्गा दाहाल,कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी,परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी रहेका छन् ।

दुईदिने औपचारिक भ्रमणमा भारत पुगेका प्रधानमन्त्री प्रचण्ड आज साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।