Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

शान्ति प्रक्रियाको बाँकी काम अविलम्व टुंग्याउनु पर्छ : सांसद सिटौला

२३ बुधबार , जेठ २०८१२ महिना अगाडि

शान्ति प्रक्रियाको बाँकी काम अविलम्व टुंग्याउनु पर्छ : सांसद सिटौला

लामो समयदेखि रोकिएको शान्ति प्रक्रियाका बाँकी कामहरु अविलम्व टुंग्याउनु नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले जोड दिएका छन् । राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद सिटौलाले शान्ति प्रक्रियाको बाँकी कामहरु अविलम्व टुंग्याउनुपर्ने बताएका हुन् ।

सांसद सिटौलाले शान्ति प्रक्रियाका बाँकी कामहरु अविलम्व टुंग्याउनुपर्ने भन्दै तत्कालिन राज्य पक्ष र विद्रोही पक्षको चेपुवामा परेका नागरिकहरुलाई छिटोभन्दा छिटो न्याय दिनुपर्ने बताए । उनले चेपुवामा परेका पिडितलाई न्याय दिनका लागि अरु ढिलो गर्नु नहुने समेत उल्लेख गरेका छन् ।  

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नसके राजनीतिक दलहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विवादको घेराबाट मुक्त हुन नसक्ने बताए । उनले यस विषयलाई टुंग्याउन नसकेमा दलहरुबीचको विश्वास संकटग्रस्त बन्दै जाने उल्लेख गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सरकारले प्राथमिकता दिनुपर्ने र प्रतिपक्ष दलहरु पनि रचनात्मक सहयोग गर्न तयार रहेको बताएका थिए ।