Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

राष्ट्रघात र नाटकले सीमा नाघ्यो

२३ बुधबार , जेठ २०८१२ महिना अगाडि

राष्ट्रघात र नाटकले सीमा नाघ्यो

प्रेम सागर पौडेल, नेपाल–चीन पारस्परिक सहयोग समाज - - -
राजनीतिक नेताहरू, तिमीहरूको नाटक र राष्ट्रघातले सीमा नाघ्यो । तत्कालै आफुलाई देश र जनताको पक्षमा आत्मसमर्पण गर । अन्यथा, पाएको अवसर र जिम्मेवारीको समय घर्किन लाग्यो । पछुताउनु पर्ला ।
आफ्नो मुहार ऐनामा हेरे हुन्छ, आत्ममन्थन गरे हुन्छ, नेतृत्व कति अविश्वसनीय र स्खलित भइसक्यो । आफै स्पष्ट हुनेछ, भनिरहनु नपर्ला ।
एउटा खेलाडीका लागि भिसा देउ भनेर सडक प्रदर्शन गर्नुपर्ने अवस्थामा पुगिसकेछौं, यसबाट हाम्रो हैसियत देखिएन र ? यो सबैको जिम्मेवार अरू को हो, नेतृत्व पंक्ति त हो ।
धिक्कार छ यो देशको नेतृत्वकर्तालाई, जसले देश र जनताको यस्तो दुर्दशा बनायो । यसबाट पार पाउने कसरी छलफल समेत गर्दैनन् ।
ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सबै संविधान, नीति नियम, परम्परागत चलन भन्दा पर स्वेच्छाचारी ढंगले चलिरहेका छन् । यिनलाई लोकलाज छैन, विधिको पालना गर्न जरूरी छैन र यिनमा मानवीय संवेदना छैन । देश माफियाको बल र छलले लतारिरहेको छ । जाकिने खाडलमै हो ।
विभिन्न खेमामा फैलिएर देश र जनतालाई लुट्दै आएका कथित देशभक्तहरूलाई चिन्ने मौका हो यो । देशद्रोही गद्दारहरू लगौटी खोलेर सडकमा असरल्ल हुँदैछन् ।
नेपालको राजनीति ईण्डो–वेष्टर्नको लडाइँमा केन्द्रीकृत छ । अमेरिकी र ईण्डियन खेमाका नेपाली मुखुण्डोहरू तिघ्रा ठटाएर एकअर्कालाई चुनौती दिइरहेका छन् । प्रहसन निकै रोचक ढंगबाट अगाडि बढिरहेको छ ।
अहिलेको भयावह अवस्थामा देशलाई सर्वाेपरी ठानेर अगाडि बढ्ने कि प्रहसन देखाउने हो ? नेतृत्वका कारणले देशभक्ति मर्दैछ, सोचौं सबैले ।