Advertisement Banner
Advertisement Banner

०८ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नेपाल विवाह गन्तव्य बन्नेभयो

२२ मंगलबार , जेठ २०८१६ महिना अगाडि

नेपाल विवाह गन्तव्य बन्नेभयो

काठमाडौं । नेपाल समलिङ्गी विवाह गन्तव्यका रूपमा विकास गर्ने सरकारको नीति बजेटमा पनि आएको छ ।
नेपाल प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक पर्यटन विकास गर्न छाडेर विवाह गन्तव्य पर्यटनतिर उन्मुख पारिएको छ । सरकारले नीति नै विवाह गन्तव्य पर्यटन विकास गर्ने भएपछि नेपाल विदेशीहरूको विवाह गर्ने हब बन्ने पक्का छ । अब समलिङ्गी विवाह गर्ने जोडीहरूको नेपालमा ताँती लाग्नेछ ।
नेपाल सांस्कृतिक तथा पर्यटकीय गन्तव्यबाट विवाह गन्तव्यतिर किन गएको होला ? संसदमा चासो छैन ।
बजेटमै राम जानकीको विवाहस्थल जनकपुरलाई वेडिङ हव र गौतम बुद्ध जन्मस्थल लुम्बिनीलाई बर्थिङ हवको रूपमा प्रवद्र्धन गरिने घोषणा छ ।
स्मरणी छ, गत मंसिर १३ गते लमजुङको दोर्दी गाउँपालिकाले दक्षिण एसियामै पहिलो माया गुरूङ्ग र सुरेन्द्र पाण्डेको समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गरिदिएको छ । यसलाई समलिङ्गी समुदायले इन्द्रेणी विवाह भनेका छन् ।
स्मरणीय छ, २०८० असार १२ गते सर्वोच्च अदालतले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीहरूको विवाह दर्ता गर्न अन्तरिम आदेश दिएको थियो । यही आदेशमा टेकेर लमजुङ गाउँपालिकाले समलिङ्गी विवाह दर्ता गरिदिएको हो ।
यही नजिरले पालिकादेखि प्रदेश र संघीय सरकारका निकायहरूमा पनि बढ्दै जानेछ । यस्तो विवाह हुँदै जान थालेपछि नेपालको संस्कृति, सामाजिक मान्यता, प्रचलनको के गतिमति होला ? अधिकारका नाममा पूर्वीय दर्शनमा आधारित राष्ट्रिय संस्कृति, संस्कार, परम्परालाई पर्ने असरबारे पनि बहस हुनुपर्ने हो, भएन । यस्तो विवाहका लागि कानुन बनिसकेको छैन, बिना कानुन अन्तरिम आदेशका भरमा नेपाल समलिङ्गी, तेस्रो लिङ्गी विवाहको हब बन्ने र यही आधारमा पर्यटन विकासको सपना बुन्ने देश बनेको छ ।
समलिङ्गी, तेस्रो लिङ्गी समुदाय मायाको पहिचान नेपालले पहिलो पटक नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा इन्द्रेणी पर्यटन अन्तर्राष्ट्रिय सम्मेलन गरेर यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपाल सुरक्षित र सम्मानित गन्तव्य रहेको सन्देश विश्वभरि प्रचार प्रसार हुनथालेको छ ।
सुनिलबाबु पन्त एसियाकै पहिलो समलिङ्गी सभासद् एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक हुन् । उनले नेपाललाई यो समुदायको विवाह गन्तव्यको रूपमा घोषणा गर्न माग अघि सारेका छन् । भारत र चीनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि कानुनी अधिकार सुनिश्चित छैन । यसकारण नेपाल सुरक्षित गन्तव्य हुनसक्छ । सर्वोच्चको आदेश र तनहुँमा विवाह दर्ता भएपछि आफ्नो माग संवोधन भएकोमा खुशी जनाए । सुनिलबाबु पन्त नेपालमा इन्द्रेणी पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक राजदूतसमेत रहेका छन् ।
मायाको पहिचान नेपालकी अध्यक्ष माया गुरूङ्ग हुन् । उनले आफ्नो समुदायको विवाह दर्तापछि यो घटनालाई ‘गुड न्युज’ को सुरूआत भनेकी छन् ।
स्मरणीय छ, सरकारको नीति तथा कार्यक्रममा लैङ्गिक तथा अल्पसङ्ख्यक दुई शब्द मात्रै राखे पनि बजेटमा भने लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक उल्लेख हुनु गूड न्यूज हो । प्रचण्ड सरकारले ल्याएको आगामी वर्षको बजेटको बुँदा नं २१२ मा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई मर्यादित जीवनयापन गर्न सचेतना तथा सशक्तीकरण कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । यसैलाई माया गुरूङ्ले गूड न्यूज भनेकी हुन् । सुनिल बाबुले सामाजिक सञ्जालमा लेखेका छन्– ‘अब त जीविकोपार्जनको कार्यक्रम आउनु पर्ने हो, आउनुपर्छ ।’
यही समुदायकी अर्की सदस्यको प्रतिकृया छ– ‘अब प्रधानमन्त्री छोरी कार्यक्रमले हामीलाई सम्बोधन गर्ला ?’
छोरी रोजगारीका लागि १० करोड र महिलाका लागि १ अर्ब ६० करोड बजेट राखिएको छ । यो बजेटले  यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि के के के गर्ला ? प्रतिक्षा छ ।
समाजशास्त्री डा.कालीबहादुर रोकायालाई प्राप्त एक मेसेज यस्तो छ– ;dfhzf:qL 8f=sfnLaxfb'/ /f]sfofnfO{ k|fKt Ps d];]h o:tf] 5– Some  one sent me the above. I think it is taken from the budget presented today in the house.
It is great news specially for Hindus and Budhists of Nepal.
Congratulations.
I  knew this would happen. Much more  is to come until Nepal becomes  a SUNFUL  nation with zero  morality.