Advertisement Banner
Advertisement Banner

०८ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

कालोरातमा के भो ? अझै रहस्य नै

२२ मंगलबार , जेठ २०८१६ महिना अगाडि

कालोरातमा के भो ? अझै रहस्य नै

०५८ जेठ १९ को कालोरात । यो कालोरात अर्थात दरवार हत्याकाण्ड भएको रात । के भयो, के भएन ? यसबारेमा २४ वर्षमा पनि यथार्थ छानबिन गराउन कुनै सरकारले चाहेन ।
तत्काल, माधव कुमार नेपालको नेतृत्वमा छानबिन गराउन चाहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई मधव नेपाल अझै आलोचना गर्छन् । आमाको काजकृयासमेत नगरेर प्रधानमन्त्री बन्न दरखास्त हाल्ने माधव कुमार नेपालले त्यतिबेला छानबिन समितिमा बसेर छानबिन गराएका भए हरेक मनको चिसो मेटिने थियो । पूर्वराजा ज्ञानेन्द्र शाह पनि लाञ्छना र आरोपबाट बरी हुनेथियो । चुनाव जित्न र सत्तामा पुग्न, टिक्न र मनलाग्दी गर्न सफल पार्टी तथा नेताहरू कानुनव्यवस्था र शासनमा असफल भए । जनताको घृणाका पात्र बनेका छन् । यिनकै अकर्मण्यताका कारण यो कालोरात कालै छ ।
बुद्धिजीवीहरूले लेखेका छन्– दरबार हत्याकाण्ड एकदमै सतर्कतापूर्वक मञ्चन गरिएको एउटा ठूलो राजनीतिक षड्यन्त्र थियो । यो षडयन्त्रका सूत्रधार को थिए, राष्ट्रिय अन्तर्राष्ट्रिय के के कारण थिए, कुनै दिन स्पष्ट होला ।
हाललाई हार्दिक श्रद्धाञ्जली नेपाली मनमनका राजा वीरेन्द्र र वीरेन्द्र वंशलाई ।