Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

एकीकृत समाजवादीको महाधिवेशन तयारी तीव्र

२० आइतबार , जेठ २०८१२ महिना अगाडि

एकीकृत समाजवादीको महाधिवेशन तयारी तीव्र

नेकपा एकीकृत समाजवादीले महाधिवेशनको तयारी तीव्र पारेको छ । पार्टीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि तयारि तिब्र बनाएको हो ।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीका सबै विभाग तथा निकायले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका अनुसार तयारी तीव्र पारेका हुन् । दशौँ राष्ट्रिय महाधिवेशन तयारीका लागि व्यवस्थापन कमिटीका सम्बन्धित निकायले सदस्यता अभिलेख, कार्यप्रगतिको विवरण केन्द्रमा बुझाएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिएका छन् ।

राष्ट्रिय महाधिवेशन तयारीका लागि सबै कमिटी, विभाग र फाँटलाई आगामी असार ५ गतेभित्र महाधिवेशन प्रतिनिधिको फोटोसहितको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउन समेत निर्देशन दिइएको छ । त्यस्तै केन्द्रीय सङ्गठन विभागले नेता तथा कार्यकर्ताको सदस्यता प्रदान र नवीकरणको सबै प्रक्रियाका साथै शुल्कसहितको विवरण केन्द्रले प्रमाणित गरेपछि त्यसको नामावली विवरण सम्बन्धित कमिटीमा पठाएको बताएको छ ।

त्यसैगरी सबै कमिटीले मस्यौदा दस्तावेजमाथि आफ्नो कार्यक्षेत्रमा रहेका पार्टी सङ्गठित सदस्यहरुलाई यही जेठ ३२ गतेसम्म छलफल गराउने र तल्लो तहदेखि आएका सबै सुझावलाई समेटेर उक्त  दस्तावेज थप समृद्ध बनाएर चार वटै दस्तावेजलाई साझा प्रतिवेदन बनाएर महाधिवेशनमा लैजाने तयारी गरिएको पनि उपप्रमुख अर्यालले जानकारी दिएका छन् ।