सिके रावत नेतृत्वको जनमत पार्टीले गणतन्त्र दिवसको अवसरमा नौलो गणतन्त्र आन्दोलन घोषणा गर्ने भएको छ । आज जनमत पार्टीले काठमाडौँको भृकुटी मण्डपमा एक कार्यक्रमकाबीच आन्दोलनको घोषणा गर्न लागेको हो ।
आज जनमत पार्टीले आन्दोलनको घोषणा गर्नु अघि सांस्कृतिक झाँकीसहित र्याली निकाल्ने तयारी गरेको छ । विभिन्न स्थानबाट निस्किने र्याली भद्रकाली, शहीद गेट, वीर अस्पताल र रत्नपार्क हुँदै भृकुटी मण्डपमा आयोजित सभामा समावेश हुनेछ ।
आजको उक्त सभालाई जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसहितका नेताहरुले सम्बोधन गर्ने र उक्त सम्बोधन पश्चात आन्दोलनको घोषणा गर्ने कार्यक्रम रहेको बताईएको छ ।