नेपालमा पछिल्लो समयमा धेरै राजधानी भएपनि देशकै राजधानी काठमाडौंको महानगरपालिकाका प्रमुख बालेन साहले हालै केन्द्र सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रि रघुवीर महासेठलाई हरेक दिन एक ट्रक धुलो पठाउनेभन्दै स्टाटस लेख्नुभएको छ । त्यसो त उहाँले यसअघि माओवादी केन्द्रको केन्द्रिय कार्यालय कोटेश्वरमा फोहर फाल्न पठाएका चारवटा ट्रकलाई प्रहरीले पक्राउ गरेको समाचार बाहिर आएको थियो । काठमाडौं महानगरले देशको प्रशासनिक केन्द्र सिंहदरबार र प्रम निवास बालुवाटारमा १८ दिनसम्म फोहर थुपारेको र कुनै दिन बालेन साहले सिंह दरबारमै आगो लगाइदिनु भनेका कुराहरू पनि रहेका छन् । खासमा उपरोक्त सबै घटनाहरू अराजक र सामाजिक दृष्टिले निन्दनीय हुन् । तर केन्द्र र बागमति प्रदेश सरकार कसैले पनि बालेन साहको अराजकतालाई नियन्त्रणगर्नेसम्म पनि प्रयास गरेनन् । देशका कार्यकारी प्रमुख पुष्पकमल दाहालले यस्तो अराजकताको रमिता हेरेको देखेर सबैतिर आश्चर्य ब्यक्त भैरहेको छ । देशमा ‘जति अराजकता मच्चियो त्यति आनन्द मनाउने’ शासक भएपछि अब यस्ता घटनामा बढोत्तरी हुने कुरामा कुनै शंका छैन । राज्यका कुनैपनि ऐन कानून र सामाजिक मान मर्यादा केही पनि नमान्ने र आफूलानई जे मनलाग्छ त्यहीगर्न चाहाने बिचारलाई अराजकतावाद भनिन्छ । यो अवधारणा कुनैपनि सरकारी, व्यापारिक, औद्योगिक, वाणिज्यिय, धार्मिक, शैक्षिक वा पारिवारिक क्षेत्रमा राम्रो मानिदैन । सामान्यतया अराजकताभन्ने बित्तिकै अव्यवस्थाको स्थिति, अनुशासन नभएको अवस्था, कुनैपनि नियम तथा कानूनले थेग्न नसकेको अवस्था, एबं उच्छ्रृंखल र विद्रोहको अवस्थाभन्ने बुझिन्छ । समाजमा अशान्ती मच्चाउने, नियम तथा कानूनको ध्वज्जी उडाउने, शान्ती र सुव्यवस्थामाथी खलल पु¥याउन चाहानेहरूलेमात्र अराजक गतिबिधि गर्दछन् । विद्रोहको अवस्था सिर्जनागर्न खोज्ने मानिस तथा मानिसहरूको समूहलाई अराजकभन्ने गरिन्छ । राजनीति शास्त्रले अराजकतावादको अर्थ राज्यहीन अवस्थालाई मान्दछ । नेपाल बाहेक संसारका कुनै पनि देशले सरकारी कुर्सीमा बसेर दिउँसै यस्तो अराजकता मच्चाउनुलाई क्षम्य गर्दैनन् । सामाजिक मर्यादाविपरीत कामगर्नेलाई तत्काल पक्राउ गरेर सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्धा चलाइएका अनेक उदाहारणहरू रहेका छन् । तर नेपालमाभने सानालाई ऐन र ठूलालाई चैनको नीति भएकाले ठूला बडाले जे बोले पनि जे गरेपनि कुनै कारवाही हुनेगरेको छैन । बालेन साहकैजस्तो गतिबिधि कुनै सर्बसाधारणले गरेको भए उसलाई तत्काल पक्राउ गरेर कम्तिमा पनि १८ महिना जेल हालिएको हुन्थ्यो । बालेनले गत १२ गते शनिबार बर्तमान सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्रि रघुवीर महासेठलाई हरेकदिन एकट्रक धुलो पठाउने भन्दै सामाजिक सञ्जालमा स्टाटर लेल्नुभएको थियो । अर्को दिन मन्त्रालयको गेटमा फोहर थुपारिएका दृश्यहरू पनि सञ्चार माध्यममा आए । काठमाडौंको कलंकीदेखि महानगरको सडक निर्माण अलपत्र पारेकोभन्दै र महानगरले अनाहकमा गाली खाएको उल्लेखगर्दै मन्त्रि महासेठलाई हरेकदिन एकट्रक धुलो पठाउने बालेनको उद्घोष रहेको पाइन्छ । त्यसैगरी गत सातगते प्रधानमन्त्रि दाहाल अध्यक्ष रहेको पार्टी माओवादी केन्द्रको केन्द्रिय कार्यालय कोटेश्वरमा फोहोर फाल्न महानगरबाट पठाइएका चारवटा ट्रक र त्यसका चालकलाई प्रहरीले पक्राउ गरेको थियो । फोहोर बोक्ने गाडीका चालकलाई पक्राउ गरिएकोभन्दै मेयर बालेनले सामाजिक सञ्जालमा आक्रोशितहुँदै स्ट्याटस लेखेको देखिन्थ्यो । त्यसलगत्तै जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउपरेका चालक र ट्रकलाई बिना कारवाही महानगरको जिम्मा लगाएको थियो ।
त्यसअघि ०७९ चैत २८ गते काठमाडौं महानगरले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार, प्रधानमन्त्रि निवास बालुवाटार र राष्ट्रपतिको सरकारी निवास तथा कार्यालय शीतल निवासको फोहोर नउठाउने घोषणा गरेको थियो । त्यतिबेला बसेको मन्त्रिपरिषद्को बैठकले फोहर नउठाउने महानगर प्रमुखको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको भनिएको थियो । सरकारकी प्रबक्ता रेखा शर्माले काठमाडौं नगरको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्था विपरीत महानगर प्रमुखबाट अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भिरतापूर्वक लिने र आवश्यक पहल अघिबढाउने निर्णय भएको बताउनु भएको थियो । तर उक्त फोहर १८ दिनसम्म रहँदा पनि केन्द्र सरकारले केही पनि गर्नसकेन । अन्तत ०८० बैशाख ११ गते काठमाडौं महानगरपालिकाले नै उक्त फोहर उठाएको देखिएको थियो । जसका लागि सर्वोच्च अदालले तीन दिनभित्र सबै फोहोर व्यवस्थापनगर्न काठमाडौं महानगरलाई आदेश जारी गर्नुपरेको थियो । एकजना कानून ब्यवसायी अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमाथि सुनुवाइगर्दै सर्वोच्च अदालतले उक्त आदेश गरेको थियो । बालेनले त्यतिबेला जनताकै हितका लागि कामगर्दा केन्द्र सरकारले आफूलाई पटक, पटक असहयोग गरेको आरोप लगाउँदै ०७९ चैत २५ गते सामाजिक सञ्जालमार्फत फोहोर नउठाउने घोषणा गर्नुभएको थियो । त्यतिबेला मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा ७० टन, राष्ट्रपति कार्यालयमा ३५ र बालुवाटारमा १५ टन फोहोर जम्माभएको कामपालेनै आंकलन गरेका कुराहरू पनि बाहिर आएका थिए । त्यसैगरी ०८० को भदौ १६ गते शनिबार बालेनले सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिनुभएको थियो । उहाँले सामाजिक सञ्जालमा पुष्पकमल नेतृत्वको सरकारलाई ‘चोर सरकार’ समेत भनेका समाचारहरू बाहिर आएका थिए । त्यतिबेला बालेनलाई धेरैले गैरजिम्मेवार र पदीय सीमा नाघेर अक्षम्य भाषाको प्रयोग गरेको टिप्पणीगरेका थिए । तर सिंहदरबारको मुख्य कुर्सीमा रहेका प्रधानमन्त्रि दाहालले त्यसप्रति खासै ध्यान नदिएको देखिएको थियो । कार्यालय समय बाहिर श्रीमती चढेको सेतो नम्बर प्लेटको सरकारी गाडीमा चेकजाँच भएपछि बालेनले फेसबुकबाट उक्त अराजक स्टाटस पोष्ट गरेको देखिएको थियो । कुनै पदमा रहेका ब्यक्तिका परिवारका सदस्यले निजी कामका लागि त्यो पनि बिदाको दिन सरकारी गाडि प्रयोग गरेकोतर्फ त्यतिबेला खासै ध्यान दिइएन । उक्त गाडी ललितपुरको बालकुमारी क्षेत्रबाट कोटेश्वर पुग्दा ट्राफिक चेकिङमा परेको थियो । जहाँ हरेक दिन हज्जारौं गाडीहरू अद्यापि चेक जाँचमा परिरहेका छन् । जसमा बिभिन्न सरकारी कार्यालयका हाकिम र मन्त्रिहरूकासमेत रहने गरेका छन् । तर अरू कोही कसैले पनि सिंहदरबारमा आगो लगाउने अभिब्यक्ति दिएका छैनन् । सर्बसाधारणले त्यस्तो अभिब्यक्ति दिएको भए, उसको हबिगत के हुन्थ्योभन्ने आफैमा स्पष्ट छ । सार्वजनिक बिदाको दिन सेतो नम्बर प्लेटको गाडी देखेपछि ट्राफिक प्रहरीले कागजात र शनिबार चलाउनका लागि स्थानीय प्रशासनबाट लिइएको पास माग्नु स्वाभाबिक थियो ।
काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि महानगरलाई सुन्दर, स्वच्छ र प्रशासनिक चुस्त÷दुरूस्त बनाउने सवालमा बालेन चिन्तित देखिनु स्वाभाबिक छ । तर त्यसो भन्दैमा सरकारको सबैभन्दा उपल्लो निकायलाई चुनौती दिनु, मन्त्रालय र पार्टीको केन्द्रिय कार्यालयमा फोहर पठाउनु र सिंह दरबारमा आगो गलाई दिन्छु भन्नुलाई स्वभनीय मान्न सकिँदैन । सरकारी कुर्सीमा बसेका ओहदावाल ब्यक्तिले सामान्य पत्राचार गरेर र प्रतिनिधिमण्डलमार्फत वार्ता गरेर उक्त समस्याको समाधान गर्न÷गराउन सकिन्छ । देशका प्रधानमन्त्रि र महानगरका मेयरमात्र होइन समाजका कुनैपनि अगुवाले त्यस्तो आक्रोस र अराजक प्रबृत्ति देखाउँदा समाजमा नकारात्मक असर पर्दछ । भोली देशैभरका स्थानीय निकायले बालेनको सिकोगर्न सक्दछन् । देशमा संघीय शासन लागूगराइएपछि स्थानीयले प्रदेश र केन्द्र सरकारलाई नटेर्ने, प्रदेशहरूले केन्द्र सरकार बिरूद्ध आन्दोलनगर्ने लगायतका गतिबिधिहरू बढेका छन् । यस्तै गतिबिधिलेगर्दा संघीय शासन देशकै प्रमुख समस्या बन्दै गएको छ । जुनसुकै तहको होस नेता भइसकेपछि आफ्ना अभिव्यक्तिमा विशेष ध्यान दिनुपर्छ । कतिपय विषयमा जवाफदेही र उत्तरदायी पनि हुनुपर्छ । राजनीतिक संस्कार भनेकै के कुरा बोल्नुहुन्छ, के बोल्नु हुँदैन, कति संयमित हुनुपर्छ आदि ख्यालगर्न‘ हो । यही देश हो ०७७ फागुन नौगते तत्कालीन प्रधानमन्त्रि केपी ओलीलाई कालो झण्डा देखाउन खोजेको आरोपमा काठमाडौंको नैकापबाट छजना पक्राउ परेका थिए । त्यसैगरी ०७६ फागुन १२ गते पोखरामा पनि ओलीलाई कालो झण्डा देखाएको आरोपमा छजना पक्राउ परे । ०७९ को असारमा प्रधानमन्त्रि दाहाललाई कोहलपुरको चौराहमा कालो झण्डा देखाउने क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका नेता तथा कार्यकर्तालाई पक्राउ गरेर सार्बजनिक अपराधमा कारवाही अगाडि बढाइएको थियो । समाजमा अराजकता फैलाउन खोज्ने कतिपयमाथि कारवाही भएका उदाहारण पनि छन् । यस्तै हो त देशको पक्षपातपूर्ण शासन÷प्रशासन ?