Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

बालुवाटारमा सत्तापक्ष र प्रतिपक्ष बीच छलफल

१४ सोमबार , जेठ २०८१२ महिना अगाडि

बालुवाटारमा सत्तापक्ष र प्रतिपक्ष बीच छलफल

संसदको गतिरोध अन्त्य गरी सहज रुपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुसँग छलफल शुरु गरेका छन् । आज बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुसँग छलफल गरिरहेका छन् ।

बालुवाटारमा जारि छलफलमा सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यहरुको समेत उपस्थिति रहेको बताईएको छ । जसमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, कार्यदल संयोजकसमेत रहेका कानुन मन्त्री पदम गिरी र एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी छन् ।

त्यस्तै नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र सहमहामन्त्री जीवन परियारको सहभागी रहेको छ । छलफलमा नेकपा माओवादीबाट वर्षमान पुन र हितराज पाण्डे सहभागी छन् भने रास्वपाबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने, स्वर्णिम वाग्ले लगायतका नेताहरु सहभागी रहेको बताईएको छ ।