काठमाडौं । नेपालले आफ्नो भूमि आफ्नो भन्न नपाउने भयो । चुच्चे नक्सा नेपालको, नेपाली सयको नोटमा यो नक्सा छाप्ने सरकारको निर्णय भएपछि भारतले नेपाललाई धम्क्याएको छ ।
भारतका विदेशमन्त्री एस जयशंकरले धमास दिएका छन्– स्थापित संयन्त्रमा कुरा भएन, नेपालले एकपक्षीय निर्णय गरेको छ, जुन भारतलाई मान्य छैन । नेपालसँग कूटनीतिक छलफल हुँदै आएको छ, नेपालले हतार ग¥यो । नेपालले जे सुकै निर्णय गरे पनि नेपाल र भारतवीचको भूअवस्था र भूगोलको यथार्थता परिवर्तन हुँदैन । नेपालले एकपक्षीय निर्णय गरेर ठूलै भूल गरेको उनको दावी छ ।
स्मरणीय छ, २०७२ असोज ३ गते नेपालले संविधान जारी गर्नेबेलामा यी विदेश सचिव थिए । नेपाल आएर तत्काल संविधान जारी नगर्न दबाब दिएका थिए, तर नेपालले संविधान जारी ग¥यो । त्यसपछि भारतले स्वागत गरेन ।
नेपालको संसदले २०७७ जेठ ७ गते चुच्चे नक्सालाई नेपालको संविधानमा समावेश गर्ने निर्णय गरेको थियो । त्यो निर्णयपछि भारत नेपालसँग झन झन टेढिदै गएको थियो । भारतले यो घटनालाई ‘आर्टिफिसियल इनलार्जमेन्ट’ भन्यो ।
यसपछि भारतले २०७६ कार्तिक १६ गते अकस्मात नेपालको लिपुलेक–कालापानीे–लिम्पियाधुराको नेपाली भूमि भारतको नक्सामा गाभेर विश्वनक्साका रूपमा सार्वजनिक गरिदियो । यस विषयमा नेपालले ५ पल्ट कूटनीतिक नोट पठायो, भारतले कुनै रेस्पोन्स गर्न चाहेन ।
नेपाल भारतवीच रहेका संयन्त्रले कामै गर्न सकेको छैन । भारत आफैले सकृय भएर गठन गरेको प्रवुद्ध बर्गको रिपोर्टसमेत बुझ्न मानेन । प्रम प्रचण्ड भारत गएका बेलामा सीमाका विषयमा एजेण्डा नै नराख्न दबाब दियो । भारतले प्रष्टै भनेको छ– अतिक्रमण गरेको ३ सय ७२ वर्गकिलोमिटर भूभाग हामी छाड्दैनौं । जयशंकर नेपाल आउँदा पनि कुरा गर्न चाहेनन् । नेपाल किन मौन ?