Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दै

११ शुक्रबार , जेठ २०८१२ महिना अगाडि

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दै

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । सरकारको नीति तथा कार्यक्रम पारित गर्न बिहान ११ बजे प्रतिनिधि सभाको बैठक डाकिएको हो ।

आजको प्रतिनिधि सभाको बैठकबाट सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको छ । जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम हालसम्म छलफल हुन सकेको छैन ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसपछि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत गरिने बताईएको छ ।

आजको बैठकमा सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिने र त्यसपछि पारित गर्ने सभामुखको तयारी रहेको छ ।