Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

आज जसपाका अध्यक्ष यादवको रिटको सुनुवाइ हुँदै

०७ सोमबार , जेठ २०८१२ महिना अगाडि

आज जसपाका अध्यक्ष यादवको रिटको सुनुवाइ हुँदै

आज जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाइ हुँदैछ । अध्यक्ष यादवको रिटको सुनुवाइ सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा परेको छ ।

अध्यक्ष यादवले आफ्नो दल छाडेका सात जना सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन नपाउने गरी रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।  सर्वोच्चमा दायर गरिएको उक्त रिटमा पार्टीबाट फुटेका सांसदलाई प्रधानमन्त्री दाहालले  विश्वासको मत लिँदा मतदानमा रोक लगाउन माग गरिएको छ ।

त्यसैगरी अध्यक्ष यादवको रिटमा अरु संसदीय गतिविधिमा पनि सहभागी हुनबाट रोक्न माग गरिएको छ । जसपाले यसअघि पार्टी विभाजन र नयाँ दल दर्ता रोक्न माग गर्दै हालेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले पार्टी दर्ता प्रकृया यथास्थितिमा राख्न निर्वाचन आयोगलाई आदेश दिएको थियो ।

यता आज प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्‌मा चौथो पटक विश्वासको मत लिने तयारि गरेका छन् । दलहरुबीच अविश्वास र सदनको अवरोध कायमै रहेकोले आजको संसद सहज रुपमा चल्छ या चल्दैन निश्चित छैन् ।