Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

प्रधानमन्त्री प्रचण्ड,ओली र रविबीच छलफल

०४ शुक्रबार , जेठ २०८१२ महिना अगाडि

प्रधानमन्त्री प्रचण्ड,ओली र रविबीच छलफल

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सत्ता गठबन्धनका शिर्ष नेताहरुको छलफल शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेबीच छलफल शुरु भएको हो ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुर भएको भेटमा संसदको हिजोको असामान्य परिस्थिति, कांग्रेसद्वारा निरन्तर जारी सदन अवरोध र सत्ता गठबन्धनको अबको रणनीति तयारीबारे छलफल भइरहेको बताइएको छ ।

त्यसैगरी पछिल्लो राजनीतिक घटनाक्रमका बारे सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकबीच छलफल गरेका छन् भने विपक्षी दलको संयुक्त बैठक पनि चलिरहेको बताईएको छ ।  संसदको आज बिहान ११ बजे बोलाइएको बैठक अझै सुरु हुन् सकेको छैन ।