Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

प्रधानमन्त्रीले चौथोपटक विश्वासको मत लिने

०४ शुक्रबार , जेठ २०८१२ महिना अगाडि

प्रधानमन्त्रीले चौथोपटक विश्वासको मत लिने

बदलिदो राजनीतिक घटनाक्रमसंगै सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथोपटक विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीले यही जेठ ७ गते चौथोपटक विश्वासको मत लिने भएका हुन् ।

प्रधानमन्त्रीले यसअघि २०७९ साल पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका थिए । तत्कालिन गठबन्धनको सहयोगमा २०७९ पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले नयाँ गठबन्धनका साथ २६ पुसमा पहिलोपटक विश्वासको लिएका हुन् । त्यसैगरी २०७९ चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएका थिए ।

नेपाली कांग्रेससँग गठबन्धन तोडेर नेकपा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री प्रचण्डले गत फागुन ३० गते तेस्रोपटक विश्वासको मत लिएका थिए । त्यस्तै जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछी प्रधानमन्त्री प्रचण्डले यहि जेठ ७ गते चौथोपटक विश्वासको मत लिने भएका हुन् ।

गठबन्धन सरकारमा सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री दाहालले सभामुख देवराज घिमिरेलाई विश्वासको मत लिने  जानकारी गराएको बताईएको छ ।