सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । बिहीबार सुदूरपश्चिम प्रदेश सभाबाट सोडारीले विश्वासको पाएका हुन् ।
प्रदेशसभामा उपस्थित २८ जना सांसदहरूमध्येबाट पक्षमा २८ जनाले नै मत दिएपछि सोडारीले विश्वासको पाएका हुन् । उक्त सुदूरपश्चिम प्रदेश सभाबाट विपक्ष र तटस्थमा शून्य मत परेको बताईएको छ ।
सुदूरपश्चिम प्रदेशमा रहेको ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मतको आवश्यक पर्छ । जसमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले २८ जना सांसदको समर्थन पाएका थिए । यसअघि नेकपा एमाले,माओवादी केन्द्र,नागरिक उन्मुक्ति पार्टीका दुई र स्वतन्त्र सांसद डा.तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८,माओवादी केन्द्रका (सभामुखबाहेक) १०,एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादी पार्टीका ४ तथा राप्रपा र स्वतन्त्र १-१ सदस्य रहेको छ ।