Advertisement Banner
Advertisement Banner

२७ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

पूर्व राष्ट्रपतिद्धारा मदन भण्डारीको शालिकमा माल्यार्पण

०३ बिहिबार , जेठ २०८१२ बर्ष अगाडि

पूर्व राष्ट्रपतिद्धारा मदन भण्डारीको शालिकमा माल्यार्पण

जननेता मदन भण्डारीको शालिकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गरेकी छन् । मदन-आश्रितको ३१ औं स्मृति दिवसको अवसरमा पूर्व राष्ट्रपति भण्डारीले बल्खुस्थित मदननगरमा पुगी शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।

३१ औं स्मृति सभामा पूर्व राष्ट्रपति भण्डारीसहित नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवाराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव द्वय प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरूको उपस्थितिमा मदन-आश्रितको शालिकमा माल्यार्पण गर्नुका साथै श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

२०५० साल जेठ ३ गते तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा जिप दुर्घटनामा निधन भएको थियो । सोही दिनको स्मरण गर्दै नेकपा (एमाले) ले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गरि स्मृति दिवस मनाउदै आएको छ ।

 नेता भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक् मानिन्छ ।