Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

अराजकता बढ्दा अन्धकार भविष्य ?

०३ बिहिबार , जेठ २०८१६ महिना अगाडि

अराजकता बढ्दा अन्धकार भविष्य ?

सुरेशकुमार पाण्डे - - - -

अहिले देशभित्र ठाउँ–ठाउँमा आगलगि भएर कयौँ घरहरूमा क्षेती भयो  र कयौँ पशुहरू जिवित नै जलेका छन् ।एसरी बन् जङ्गलमा आगो लगाएर हजारौँ पशु पंक्षिहरूको प्राण लिनु र राष्ट्रको सम्पतिलाई नोक्सान पुराउनु अत्यन्तै निन्दनिय काम भएको छ । यो एकप्रकारको अपराध नै हो । यस्तो अराजक र अमानविय व्यबहार गरेर असमाजिक तत्वले के देखाऊन खोजेका हुन् ?
खास गरेर माओवादी जनयुद्धका वेला देखि देशभित्र हिशाँ फैलिंदै गएको छ ।जसले जे गरेपनि हुँने देशमा जङ्गल राज भएको हामिले पाउछौँ । यस्तो हुनुमा सरकारभित्र यस्तै खाले मनोवृती भएकाहरूको जमघटले गर्दापनि हुनसक्छ । कसैलाई पनि डर नै छैन ।देशको सम्पत्तिको मायाँ छैन । त्यो वेलाको हिंशात्मक गतिबिधी अहिले पनि रोकिएको छैन । यही हालात हो भने देशको भविष्य डामाडोल हुनेछ ।
देशमा २०५२ साल पछि आमूल परिवर्तनको नाममा माओवादीहरूले चलाएको कथित जनयुद्धले देशलाई ठुलो सङ्कटमा उभ्भायो । जातिय छुवाछुतको अन्मुलनको बहानामा दलितहरूलाई क्षेत्री बाहुनहरूका घरमा जवरन घुसाउने । उनिहरूका जनै काट्दीने, मन्दीर भत्काइदिने, पुजा गरिरहेकाहरूलाई यातना दिने । अनि गाइ काटेर खाने जस्ता गतिबिधीहरूले सामाजिक भुकम्प नै ल्याएको थियो । यस्तो अराजकताको खेलले परिवर्तन भएन, त्यो वेलादेखि देशको दुर्गती हुँदै आएको छ ।
नेपाल एउटा गरिब भूपरिवेष्ठित र अर्ध सामन्ति अर्ध उपनिवेसिक अबस्थामा रहेको देश हो । जसलाई कृषिप्रधान भनेर चिनिन्छ । त्यो वेलासम्म तराईमा कृषियोग्य जमिन किसानहरूले खेति गरेर जीवन निर्वाह गर्न सक्ने थियो । पछि त्यो जमिन भूमाफियाको चङ्गुलमा पर्यो । जमिनलाई प्लाटिङ्ग गर्न थालियो ।
देशभित्रका युवाहरूलाई सरकारले श्रमसम्झौता गरेर बिदेश पठाउँन थाले ।यही द्वौरानमा देशको तराई भागमा रहेको १७प्रतिसत कृषियोग्य जमिन गरिब किसानहरूले किन्न नसक्ने अबस्थामा पुग्यो । अहिले तराइमा जमिन किनेर खेतिगर्न सक्ने अबस्था नेपाली किसानको छैन भनेपनि असान्र्दभिक नहोला ।
पहाडी भेगको ६८% जमिन धेरैजसो सिंचाइको व्यबस्था नै छैन् । युवाहरू विदेशीय पछि पहाडमा गाई, भैंसी,बाख्रा पाल्नेहरू बिस्तारै कम हुँदै गए । पुशुहरू पाल्न छाडेपछि खेती पाति पनि हुँन छाड्यो । पुर्खेली जमिन बञ्जर हुँदैगयो ।पहाडबाट मानिसहरू पलायन हुनथाले ।कयौँका परिवारमा त छोरा विदेशमा बुढा बा र आमा पहाडमा बुहारी तराइमा डेरा गरेर बसेको अवस्थामा पनि देखिन्छ ।
यस्तो बिचित्रको अबस्थामा पशुहरू कस्ले पाल्ने र कसरी पाल्ने?
पहिले किसानहरूले गाइ गरूगो बगाल पालेका हुन्थे ।उनिहरूको तिहारमा सम्मान र पुजा समेत गर्थे । पुजा त्यत्तिकै गर्दैनथे । पूजा गर्नुका पनि कायौँ ऐतिहासिक कारणहरू भेटिन्छन् ।भन्नेहरूले गाइको पुजा धर्मसँग जोडेका भएपनि त्यसको अर्कै र ऐतिहासिक महत्व छ ।पहिलो कुरा गाइको दुध दही खाने चलन छ ।आर्को गोरूहरूले जोतेर खेति उब्जाउँने गरिन्छ । गाईको मल बारीमा छरेर माटो मलिलो बनाइन्छ । गाईको गोबरले घर लिप्ने चलन छ ।
यसरी गाइहरूको पुजा गरिनु भनेको कुनै अमिल्दो बिषय पनि होइन ।यसलाई हामिले वैज्ञानिक कोणबाट पनि बुझ्नु पर्छ । तर जब देशमा मावोबादीहरूको कथित जनयुद्ध ताक गाईगरूको हत्यागर्ने र मासु खाने एक प्रकारको अभियान नै चल्यो । कसैले त गोरूको मासु नखाने कम्युनिष्ट नै होइन भन्न पनि पछि परेनन् ।
गाई गरूहरूको त्यसरी धमाधम हात्या भयो ।कयौंले पहिल्यै पनि खाने चलन त थियो ।तर पछि जनयुद्ध ताक भने यसको बाडी नै भयो ।
अहिले तराइमा त आफु बस्ने बास किन्न गारोछ डिंया कसरी राख्ने?पहाडमा पनि पसु पाल्न छाड्दै गएका छन् । कुनै वेला प्रसस्तै बन जङ्गल थियो । घाँस पात खुबै भेटिन्थ्यो । अहिले त्यो पनि क्रमसै कम हुँदै गयो ।देशमा बसेका युवाहरू राजनीतिक गर्ने, अरू विदेशका बिभिन्न देशहरूमा गएर परिश्रम गर्ने ।व्यबहारले आज सिङ्गो देश युवा बिहिन बन्दै गएको देखिन्छ । हुन त विदेश जाने परम्परा धेरै पहिले देखिनै छ । १८१६ को सुगौलीमा भएको सन्धि र गोरखा भर्ति केन्द्रले विदेश जाने परमपरा सुरू भयो । अहिले त्यो परमपरामा व्यापकता आएको छ ।देशभित्र खेती किसानी गर्ने माहोल सरकारले नै बनाउँन सकिन । पहाडमा सिंचाइको व्यबस्था गरेको भए यति धेरै युवाहरू रोजगारीका लागि विदेश जाने थिएनन् ।
विश्व कोविड महामारिबाट दुनियाँका कयौँ देशले शिक्षा लिएर कृषि माथि बिषेश जोड दिंदै आएका छन् । तर पनि हाम्रो देशले शिक्षा लिने प्रयात्न गरेको देखिदैन । पहाडी भूभागमा सिंचाईको व्यबस्था हुन्छ भने कोदो,फापर, गहुँ, मकै, आलु आदिको खेती हुनसक्छ ।देश खाद्यानमा आत्मनिर्भर हुँनसक्छ । मौसम परिवर्तनका कारण निश्चित समयमा पानी नपर्दा झन ठुलो समस्या आइलागेको छ ।
अहिले छिमेकी मूलुकबाट तरकारी लगायत सबै खाद्यानको आयात, फलफूलको आयात चिनी, चियापत्ती, नुन मसाला सबै थोक छिमेकी मूलुकबाट आउने गर्दछन् । मासु, माछा उतैबाट, सियो देखि मोटर कारसम्म छिमेकी मुलुकबाट आयात गरिन्छ । एकातिर महगीको मार आर्कोतिर भ्रष्टाचार अनि राजनीतिमा अपराधीकरणले देश घायल बनाएको देखिन्छ ।
अनि हाम्रो देशको अबस्था कस्तो होला ।भारतले आर्थिक नाकाबन्दी गर्दा बित्तिकै देशको अबस्था दयानिय हुनेछ । त्यो हामिले २०२७, २०४५, २०७३आदी समयमा पनि भोग्दै आएका छौँ । नेपालीहरू बारमबारको ठोक्करबाट पनि सबक नसिक्ने मध्यका ढिढ् रहेका छौँ । भोलीका दिनहरूमा कुनै सङ्कट आइलाग्यो भने देशका जनताहरू भोकमरीको सकिर हुनेछन् । आज मेरो छोरा जापान गयो, अस्ट्रेलिया, अमेरिका गयो भनेर घमण्ड नगरौँ । बरू मेरो छोराले आफ्नो देशमा कुटो कोदालो गरेको छ भनेर गौरव गरौँ । हाम्रो स्वास्थ्य दिनानुदिन रोगग्रस्त हुँदो छ । त्यसो हुनुमा आयातित विषाक्त खाद्द्यान्न हो । छाडापन त्याग्नुपर्छ, रूढीवाद पन्छाउनु पर्छ, कुरीति पन्छाउन सके देशलाई बलियो बनाउन सकिने छ । नेपालका नागरिकहरूको के हो जिम्मेवारी ? अराजकता सच्याएर स्वाभिमानी हुन जरूरी छ । अस्थिरता र अराजकताले देश असफलताको सूचीमा पुगेको देखिन्छ ।
निथारमा भन्नुपर्दा देशको लथालिङ्ग अवस्थाको जिम्मेवार परिवर्तनकारी नेतृत्व हो । यस्तो नेतृत्व सच्चिनेवाला छैन, आमनागरिकले सच्याउन आवश्यक छ ।