Advertisement Banner
Advertisement Banner

१४ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

नेविसंघले संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन

०२ बुधबार , जेठ २०८१२ बर्ष अगाडि

नेविसंघले संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन

नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन गरेको छ । संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै बुधबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका छन् ।

नेविसंघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै बुधबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् । संघका केन्द्रीय सदस्य नारायण पाण्डेको नेतृत्वमा आयोजित कार्यक्रममा विभिन्न नारा लगाइएको थियो ।

यता उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आफूलाई संसदमा पहिले बोल्नु दिनुपर्ने माग गर्दै उनले दोषी भए राजनीति छोड्ने बताएका छन् भने नेविसंघले ‘दोषी ठहर हुनलाई पहिले छानबिन हुनुपर्ला नि !’ भन्दै प्रदर्शन गरेको छ । उनीहरुले प्लेकार्डमा सहकारी ऐन पढ्न त्रिचन्द्र आउनुस् रवि दाइ, केपी ओली सहकारी ठगको प्रवक्ता, रवि दाई  खै जीबी राई जस्ता नारा लेखेर प्रदर्शन गरेका थिए ।

नेविसंघले गोर्खा मिडियाका फरार अध्यक्ष जीबी राई खै ? भन्दै गृहमन्त्री लामिछानेलाई प्रश्न गरेका छन् । हिजो कांग्रेस निकट महिला संघले प्रदर्शन गरेका थिए भने तरुण दलले दिउँसो विरोध प्रदर्शन गर्ने तयारि गरेको छ ।