प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । संसद्को जारी गतिरोध र त्यसको निकासको सन्दर्भमा छलफल गर्न सभाका सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
सभामुख घिमिरेले प्रधानमन्त्रीसँगको भेटमा केही समयदेखि संसदमा विपक्षीका कारण भएको अवरोधलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । प्रतिपक्षीको अवरोधका कारण संसद्बाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको विषयमा सभामुखले गम्भीर रूपमा लिएको बताईएको छ ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको थियो । जसको कारण राष्ट्रपतिलाई दिने धन्यवाद प्रस्ताव समेत पारित नगरी संसद् बैठक बिहिबारसम्मका लागि स्थगित गरिएको थियो ।