नेपाली कांग्रेसका नेताहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बोलाएका छन् । प्रधानमन्त्रीले संसद्को गतिरोध अन्त्यका विषयमा छलफल गर्न कांग्रेसका नेताहरुलाई बालुवाटार बोलाएका हुन् ।
प्रधानमन्त्रीको आव्हानमा संसद्को गतिरोध अन्त्यका विषयमा छलफल गर्न कांग्रेसका नेताहरु महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरु सहभागी रहेका छन् । आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको लागि छलफल भईरहेको बताईएको छ ।
प्रधानमन्त्रीसँगको छलफल लगतै कांग्रेस संसदीय दलको बैठक बस्दैछ । यता कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संदन अवरुद्ध गर्दै आएको छ ।