विकसित राजनीतिक परिस्थितिमा सहकार्यलाई निरन्तरता दिन नसकिने भन्दै उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएसंगै जसपा नेपाल सरकारबाट बाहिरिएको हो ।
उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।
उपप्रधानमन्त्री यादवले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकोले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।