Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने

३१ सोमबार , बैशाख २०८१६ महिना अगाडि

कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने गरि शुक्रबार प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।

कोशी प्रदेश सभाको आज बिहान ११ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तयारी रहेको बताईएको छ । यसअघि कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । कार्कीले २७ गते नै शपथ ग्रहण र पदभार ग्रहण गरिसकेका छन् ।

त्यस्तै मुख्यमन्त्रीले आफ्नो क्याबिनेटमा एमालेबाट रामबहादुर राना र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त समेत गरिसकेका छन् । यता उनको नियुक्ति प्रक्रियाविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा २७ गते नै रिट दायर गरेकोमा अदालतले उक्त रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिनु नपर्ने जनाएको छ भने पूर्ण सुनुवाइका लागि जेठ ९ गतेको लागि समय तोकिएको बताईएको छ ।

त्यस्तै कोशी प्रदेशसभामा ९३ सदस्यीय रहेकोमा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । कोशीमा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाका १ जना सांसद रहेका छन् । मुख्यमन्त्री कार्कीलाई एमालेका ३९ र माओवादीका १३ सांसदको समर्थन रहेको छ ।