यी हुन् संसारकै गरिब राष्ट्रपति। सन २०१० देखि उरूग्वे का राष्ट्रपति रहदै आएका जोसे म्यूजाइका संसारका सबैभन्दा गरिब राष्ट्रपती हुन्। उनी मासिक १२ लाख रूपैयाँको तलब पाउँछन् र अधिकांश तलबको रकम गरिब र साना ब्यवसायीहरूको हितमा खर्च गर्छन्। यिनको लाउने खाने विषयमा आलोचना हुन्छ, तर यिनी वास्ता गर्दैनन्। यिनको चाख गरिबहरुप्रति नै बढी देखिन्छ। राष्ट्रपति हुनु अघि उनी टुपामारोस नामक पार्टीको लडाकु गुरिल्ला थिए। उनको पार्टिले रविनहूड्लेजस्तै जनतामारा ब्याङ्क, बन्दुक निर्माण गर्ने कारखाना र ब्यापारीहरूबाट पैसा खोसेर गरिबहरूलाई दिन्थ्यो। अर्थात सर्वहारावादी पार्टीका गुरिल्ला थिए, जो राष्ट्रपति बनेपछि पनि सर्वहारा छ।
मुलुक र गरिबको हित, यिनको उद्देश्य यही थियो, यही छ। १४ बर्षे गुरिल्ला जिवनको क्रममा उनी दुइपटक जेल परे र ६ पटकसम्म हत्य प्रयासबाट जोगिए। २०१० मा राष्ट्रपति भएयता पनि देश र गरिब जनताका लागि उनको संघर्ष भिन्न रूपमा जारी छ। उनले राज्यबाट प्राप्त सुन्दर घर त्यागेर साधारण घरमा बस्छन्। उनको परिवार पनि त्यहीँ बस्छ। एउटा सर्वहारावादी, राष्ट्रवादीले सिद्धान्तका लागि कसरी साधारण जीवन रोज्छ, सुख त्याग्छ भन्ने जिउँदो उदाहरण हुन् उरुग्वेका राष्ट्रपति। उनले राष्ट्रपति भवनलाई संग्रहालयका रुपमा विकास गर्दैछन्।
यी राष्ट्रपति फ्लोरिकल्चर अर्थात फूल फुलाएर बेचछन्। खेतीपाती पनि गर्छन्। यसलाई उनले पार्टटाइम जागीर भनेका छन्। अहिले पनि उनी १९८७ मोडेलको भक्सवाइगन गाडी चड्छन्। उनको सुरक्षामा दुई जनामात्र गार्ड छन्, ३ खुट्टे कुकुर छ। उनले सबै राज्यसुविधा त्यागेका छन्।
चाणक्यको सिद्धान्तअनुसारका छन् यी राष्ट्रपति। जो सामान्य जीवन बाँचेर असामान्य रुपमा जनता र देशको सेवा गरिरहेका छन्। यिनले आफूलाई गरिब राष्ट्रपति भनेकोमा प्रतिवाद गरेका छन् र भन्छन्– म गरिब छैन, मेरो जीवनशैली संघर्षको प्रतिफल हो। म मेरै इतिहासपुत्र हुँ। म चकटीमा रमाउन थालेको वर्र्षां भइसक्यो। म धनी राष्ट्रपति हुँ।
र, नेपालमा धनी राष्ट्रपति र प्रधानमन्त्री १० वर्षे जनयुद्धपछि प्रधानमन्त्री भए प्रचण्ड। यिनीजस्तै सर्वहारावादी हुन् माधवकुमार नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराई र केपी ओली। अहिले राष्ट्रपति बनेकी विद्या भण्डारी अथवा सभामुख बनेकी ओनसरी घर्ती पनि सर्वहारावादी हुन्। लामो संघर्षको इतिहास छ यिनीहरुको। तर कसैले राज्यकोष लुट्न छाडेन, सम्भ्रान्त र सामन्ती जीवन त्यागेन। कुनै सर्वहारावादी नेताहरु आज पुँजीपति बनेका छन्। यिनले सर्वहाराको कल्याणका लागि केही पनि गरेका छैनन्। तैपनि यिनीहरु भन्छन्– हामी कम्युनिष्ट हौं।


