गत बैशाख १५ गते भएको उपनिर्वाचनमा प्रतिनिधिसभाका लागि ईलाम-२ बाट नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले संघीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष शपथ लिएका हुन् ।
पद तथा गोपनीयताको शपथ लिएका नेम्वाङलाई सभामुख घिमिरेले सांसदको प्रतिक चिह्न प्रदान गरेका थिए । उक्त अवसरमा सचिवालयका कर्मचारीहरूले सांसद नेम्वाङलाई नेपालको संविधान-ऐन-नियमका सामग्री प्रदान गरेका थिए ।
शपथ कार्यक्रममा उपसभामुख इन्दिरा राना,कानुन,न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी,रक्षामन्त्री हरिप्रसाद उप्रेती,विभिन्न राजनीतिक दलका प्रमुख सचेतक,संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उपस्थिति रहेको थियो ।