Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

राष्ट्र बैंकका कर्मचारी नोट छाप्छन्

११ सोमबार , माघ २०७२१० बर्ष अगाडि

वाशुदेव वाग्ले :
नोट राष्ट्र वैंकले छाप्ने र प्रचलनमा ल्याउने हो। बैंकको पनि बैंक राष्ट्र बेंकको शुद्धतामा अर्थतन्त्रको मजबुती आधार तैयार हुने हो। तर, राष्ट्र बेंकका कर्मचारी नोट छाप्न थालेका छन्। आफ्नो सम्पत्ति विवरण बुझाउँछन् र सोधखोज हुँदा त्यही अनुकूल बयान पनि दिन्छन्। तर जब उजूरी पर्छ र उनीहरुसँग अकुत सम्पत्ति देखिन्छ, अनि लाग्छ, राष्ट्र बैंकका कर्मचारी नोट छाप्छन् कि के हो? यथार्थमा बैंक कर्मचारीमा भ्रष्टाचारी चरित्र छ।
नेपाल राष्ट्र बैंकका चार कर्मचारी, कार्यकारी निर्देशकहरुलाई अख्तियारले अकुत सम्पत्ति कमाएको भनेर पूर्जी काटेछ। यिनमा जनक अधिकारी, डा.विनोद आत्रेय, हरिप्रसाद काफ्ले र महेश्वरलाल श्रेष्ठ। यी चारै जना डेपुटी गभर्नरमा सिफारिस भएका र ठूला दलले पत्याएका कर्मचारी हुन्। यिनलाई बचाउन ठूला दलका नेताहरु नै लागिपरेका छन्। यसबाट थाहा हुन्छ: भ्रष्टाचारको जालो राजनीतिक नेता र कर्मचारीको मिलिभगतमा फैली रहेको छ।
    सर्पले सर्पको खुट्टा देख्छ भनिन्छ। यिनका विरुद्धमा उजुरी गर्ने अरु कोही नभएर डेपुटी गभर्नरका अन्य प्रतिस्पर्धी नै हुन्। तिनले यी चारै अधिकृतको स्रोत नखुलेको सम्पत्तिको विवरणसहित उजूरी गरेका छन् र अख्तियारले पूर्जी काटिसकेको छ। पहिले बुझाएको सम्पत्ति विवरण र अहिले मौज्दाज सम्पत्तिमा भिन्नता आएकाले तिनलाई पूर्जी काटेको अख्तियार स्रोतको दावी रहेको छ। यसबाहेक पनि अन्य पदाधिकारीहरुका सम्बन्धमा पनि उजुरी परेको छ। राष्ट्र बैंकको यो अकुत सम्पत्ति काण्डले लहरो तान्दा पहरो जानसक्छ।
किन कर्मचारी र नेताहरु अकुत सम्पत्तिको मालिक हुन्छन्। केही समयमै उनीहरुको रहनसहन सम्भ्रान्त, सामन्तजस्तो हुन्छ? यसको मुख्य कारण देशमा बढ्दो भ्रष्टाचार र अनैतिक कामकारवाही नै हो। जतिसुकै सुशासनको माला जपे पनि शासन, प्रशासनमा भ्रष्टाचार नियन्त्रणबाहिर गइसकेको अनुभूति हुन्छ।
र, सभासद समेत बनेका, पूर्वमन्त्री, ठेकेदारहरु २९ जनालाई अख्तियारले काटेको पूर्जी के भइरहेको छ, स्पट छैन। एमालेले कडा प्रतिवाद गरेर अख्तियार प्रमुखलाई महाभियोग लगाउनेसम्मको धम्की दिएपछि मुद्दा कमजोर भएको छ।