तीनदलले आपसी सहमति गरेर गरेको संविधानको पहिलो संशोधनले आन्दोलन नरोकिने भयो। सिमांकनको माँग पूरा नभई कुनै हालतमा आन्दोलन नरोकिने प्रतिक्रिया मधेसीमोर्चाहरु दिइरहेका छन्। यो संशोधन होइन, मधेसमाथि तीन दलको बेइमानी हो भन्दै अव महागठबन्धन बन्छ, अन्तिम लडाई लडिन्छ। यो राजेन्द्र महतोको पछिल्लो आक्रोसित अभिव्यक्ति हो।
हाम्रो अन्तिम दबाब परेपछि सिमांकन पनि हुन्छ, दुई प्रदेश पनि बन्छ। रंगेलीमा एमालेको युवा संघले एमाले सरकारको राज्यशक्ति दुरुपयोग गरेर ३ जना मधेसी नागरिक मारिने गरी गरेको दमनले मधेस असन्तुष्टिमा डढेलो नै सल्काएको छ। अहिलेसम्म मधेस आन्दोलनका क्रममा ५९ भन्दा बढी नागरिक मारिइसकेका छन्।
आन्दोलन र सीमाअवरोधलाई शक्ति बनाएर काठमाडौं केन्द्रित आन्दोलन गर्ने र माघ ९ गते गरिएको संविधानको संशोधनलाई अस्वीकार गर्ने र मधेस आन्दोलनमा चरम दमन भएकोमा सरकारलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने निर्णय गरेकोमा फोरम नेपालसँगै मोर्चाका सद्भावना, तमलोपालेसमेत सहमति गरेका छन्।
राजनीतिक सहमति होला, मधेस आन्दोलन रोकिएला, भारतीय नाकावन्दी खुल्ला र सबै सहज होला भन्ने जनअपेक्षा ठूला तीन दलकै कारण फेरि तुषारापात हुनपुगेको छ।
फोरम नेपालका ९ बुादे निर्णयः
१) जारी आन्दोलनलाई काठमाडौं केन्155ीत र राष्ट्रिय स्वरुप दिने निर्णय,
२) संविधान संशोधन अधूरो र अपूरो, नमान्ने निर्णय,
३) आन्दोलन दबाउन सरकारले साम्प्रदायिकता मच्चाउन खोजेको आरोप,
४) कालोबजारी र तस्करी नियन्तन्त्रण गर्न सरकारसाग माग,
५) आन्दोलनकारी माथि लगाइएका सबै झूठा मुद्दा खारेज गर्न माग,
६) आन्दोलनलाई उत्कर्षमा पुर्याउन पहिचानवादी शक्तिलाई एक हुन आव्हान,
७) आन्दोलनमा चरम दमन भएकाले न्यायिक आयोग गठन गर्न माग,
८) भूकम्प पीडितलाई तत्काल राहत वितरण गर्न र पुनर्निर्माण थाल्न माग,
९) कष्टकर जीवन बाच्न बिवस जनताका लागि लोड सेडिङ्ग हटाउन माग


