Advertisement Banner
Advertisement Banner

०५ शनिबार, जेठ २०८१17th April 2024, 11:33:48 am

एमालेले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

२३ आइतबार , बैशाख २०८११३ दिन अगाडि

एमालेले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमन्त्रि दीर्घ सोडारी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजवादीका पछिल्ला अभिव्यक्तिलाई हेरेर सोडारी नेतृत्वको सरकारलाई तत्काल विश्वासको मत नदिन निर्देशन दिएका हुन् ।

हिजो बेलुकी एमाले अध्यक्ष ओलीसँग सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक सुरेन्द्र पालले ओली निवासमा भेटेर विश्वासको मत दिने र नदिने विषयमा छलफल गरेका थिए । उक्त छलफलमा अध्यक्ष ओलीले विश्वासको मत दिने विषयमा हतार नगर्न आग्रह गरेको बताईएको छ ।  

समाजवादीका पछिल्ला अभिव्यक्ति नसच्याएसम्म विश्वासको मत नदिने अध्यक्ष ओलीको अडान पछी विश्वासको मत लिनका लागि शुक्रबार र शनिबार बोलाईएको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।