Advertisement Banner
Advertisement Banner

०५ शनिबार, जेठ २०८१17th April 2024, 11:33:48 am

बागमती प्रदेशको सर्वदलीय बैठक बस्दै

२१ शुक्रबार , बैशाख २०८११५ दिन अगाडि

बागमती प्रदेशको सर्वदलीय बैठक बस्दै

आज दिउँसो १ बजे बागमती प्रदेशको सर्वदलीय बैठक बस्ने भएको छ । बागमती प्रदेश सभा सचिवालयको आह्वानमा दिउँसो १ बजे बागमती प्रदेशको राजधानी हेटौँडामा सर्वदलीय बैठक बस्ने भएको हो ।

बागमती प्रदेश सभा सचिवालयको आह्वानमा बस्ने आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रि-बजेट छलफलका लागि बजेट अधिवेशन आह्वान गर्ने विषयमा छलफल हुने बताईएको छ । साथै प्रदेश सभामा रहेका विभिन्न ५ वटा समितिको अध्यक्षको निर्वाचनका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

आजको सर्वदलीय बैठकका लागि संसदमा रहेका संसदीय दलका नेता र प्रमुख सचेतकहरूलाई बोलाइएको छ । यसअघि गत चैत १९ गते बसेको प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिएसंगै संसद अधिवेशन अन्त्य भएको थियो ।