Advertisement Banner
Advertisement Banner

०५ शनिबार, जेठ २०८१17th April 2024, 11:33:48 am

राजनीतिमा तेश्रो लिङ्गी सहभागी

१९ बुधबार , बैशाख २०८११८ दिन अगाडि

राजनीतिमा तेश्रो लिङ्गी सहभागी

काठमाडौँ ः ‘जसोतसो गरेर राजनीतिमा सहभागी हुने अवसर पाएँ, तर मेरो पहिचानलाई सहज रूपमा स्विकारिएन । चुनावमा उठेँ, मैले परिवारबाटै भोट पाइन’ स्याङ्जाबाट उम्मेदवारी दिएकी तेस्रो लिङ्गी महिला श्रीया थापाको दुखेसो हो यो । उनले भनिन्– हजारौं तेश्रोलिङ्गी बाहिर आएका छन्, यो खुशी छ ।
उनले भनिन्–‘ढुङ्गा हानेर पनि लखेटे, कुकुर लगाइदिए । हाम्रो समुदायका युवाहरूले राजनीतिक संलग्नतामा सकृय हुनुपर्छ, अगाडि बढ्नुपर्छ।’
आनिक राना– तेस्रो लिङ्गी अधिकारकर्मी एवं साहसिक कदम नेपालकी अध्यक्ष हुन् । ‘२०६८ ले मलाई राजनीतिमा उपस्थित गरायो, तर २०७४ मा उभ्याउने पात्र मात्र बने । हाम्रो श्रम प्यारो छ, हाम किन प्यारो भएनौँ ? पार्टीहरूले हामीलाई भोट बैंक ठानेका छन्, यसो हुनुभएन । तोकेरै अल्पसङ्ख्यक समुदायलाई सम्बोधन गरिएको छैन । पहिले राजनीतिले स्वीकार गरोस्, अनि समाजले स्वीकार्नेछ । अल्पसंख्यकको यकिन तथ्याङ्क छैन । यसैले अधिकार पाएको छैन । राज्य कहाँ छ हाम्रो ? २०८४ को चुनावमाछ, पार्टीहरूले अहिले नै सोचुन् ।
मिस्टर गे ह्याण्डसम २०१३ का उपाधि विजेता विश्वराज अधिकारीले राजनीतिमा आफूहरू अधिकार पाउन आउन लागेको बताए । समान रूपमा बाँच्न हामीलाई पनि अधिकार छ । संविधान उदारमुखी छ, कार्यान्वयन हुनसकेन ।
विश्वराजले भनेका छन्– अवसर पाए हामी पनि केही गर्न सक्छौं । राजनीतिक दलका नेताहरूले पनि आश्वासन मात्र दिए, हाम्रो क्षमता विकासमा ध्यान दिएनन् । मनिल सिंहको अनुभव पनि अवसरको खोजीकै छ ।
एउटा ठूलो प्रोजेक्ट प्रस्तावसमेत गर्न सकेन नेपालले
काठमाडौं । कतारी राजा शेख तमिम बिन हमाद अल थानी वैशाख ४ गते नेपाल आए, एकरात बसेर फर्किए । राजाको भ्रमणका दिन सरकारी विदा नै घोषणा गरियो । अति महत्व दिएर स्वागत गरियो, सम्मान दिइयो । स्थापित कूटनीतिक मर्यादासमेत नाघेर स्वयम् राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री सबै एयरपोर्टमै पुगेका थिए । कतारी राजा प्रसन्नमुद्रामा थिए, सरकारले क्षमता देखाउन असफल भयो ।
राजा आउँदा, जाँदा ‘नोटिस टु एयरमेन’ का आधारमा एयरपोर्ट नै आधा घण्टा बन्द गरिएको थियो । राजा फर्कनासाथ स्वागतद्वारमा कालोमोसो कसले पोत्यो, कुमारीको फोटोलाई कसले अलग्यायो ? सरकार क्षमता र अन्य विषयमा बिबादमा प¥यो ।
कतारका राजाले आफै कार ल्याउने प्रस्तावगर्दा पर्दैन भन्ने सरकारले जुन कार उपलब्ध गरायो, उच्च कदका राजालाई असहज भयो र दूतावासकै गाडी प्रयोग गर्न बाध्य भए । कुन कुन विषयमा छलफल र टुङ्गो लगाउने भन्ने होमवर्क नै नगरेको सरकार पटक पटक चुक्यो । यति महत्वपूर्ण भ्रमणबाट नेपालले लिनसक्ने थुप्रै लाभ उठाउन सकेन ।