Advertisement Banner
Advertisement Banner

०५ शनिबार, जेठ २०८१17th April 2024, 11:33:48 am

जेठ १ गतेदेखि ३ गतेसम्म विद्यार्थी महोत्सव

१८ मंगलबार , बैशाख २०८११८ दिन अगाडि

जेठ १ गतेदेखि ३ गतेसम्म विद्यार्थी महोत्सव

अनेरास्ववियुले जेठ १ देखि ३ सम्म विद्यार्थी महोत्सव गर्ने भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले ६० औँ स्थापना दिवसको अवसरमा विद्यार्थी महोत्सव गर्ने भएको हो ।

अनेरास्ववियुले ६० औँ स्थापना दिवसको अवसरमा जेठ १ देखि ३ सम्म काठमाडौँको भृकुटीमण्डपमा महोत्सव आयोजना गर्न लागेको बताईएको छ । महोत्सवमा दुई सय भन्दा धेरै स्टलहरू रहने र महोत्सव ३ दिनसम्म चल्ने प्रवक्ता प्रकाश पौडेलले जानकारी दिएका छन् ।

महोत्सवमा अनेरास्ववियुको स्थापना कालदेखिको जानकारी, लाइभ म्युजिक, प्रत्यक्ष परियोजना, करियर काउन्सिलिङ, युवा संसद् बहस र संवाद, सांस्कृतिक प्रदर्शनी, रक्तदान तथा स्वास्थ्य शिविर, फूड स्टल, ई-गेमिङ प्रतियोगिता, पर्यटन भिजन, विश्वविद्यालय जानकारी, कानूनी शिविर, लाइभ पेन्टिङ प्रतियोगिता र चलचित्र स्क्रिनिङ र दस्तावेजीकरण हुने बताईएको छ ।