Advertisement Banner
Advertisement Banner

०५ शनिबार, जेठ २०८१17th April 2024, 11:33:48 am

इलाम र बझाङको उपनिर्वाचनमा एमालेका उम्मेदवार विजयी

१८ मंगलबार , बैशाख २०८११९ दिन अगाडि

इलाम र बझाङको उपनिर्वाचनमा एमालेका उम्मेदवार विजयी

बैशाख १५ गते सम्पन्न इलाम र बझाङको उपनिर्वाचनमा एमालेका उम्मेदवार विजयी भएका छन् । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ र प्रदेश सभा सदस्यका लागि बझाङ (१)मा नेकपा एमालेकै उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भएका हुन् ।

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ फराकिलो मतसहित विजयी भए छन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डम्बर खड्काभन्दा ५ हजार ८ सय ३० मत बढी ल्याएर बिजयी भएका हुन् ।

नेम्वाङले २७ हजार ७ सय ७२ मत ल्याउँदा खड्काले २१ हजार ९ सय ४२ मत ल्याएका थिए । त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४ सय ५७ मत ल्याएर तेस्रो भए भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू ५ हजार ५० मत ल्याएर चौथो भएका छन् ।

उक्त क्षेत्रका सांसद तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि रिक्त भएको स्थानमा गत शनिबार उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा स्वतन्त्रसहित १९ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

त्यसैगरी बझाङको उपनिर्वाचनमा एमालेका भण्डारी ११ हजार ६ सय १२ मत प्राप्त गरी निर्वाचित हुँदा भण्डारीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरेका थिए । 

नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ९ सय ६७ पाए भने चौथो नम्बरमा रहेका नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत पाएका छन् ।