Advertisement Banner
Advertisement Banner

०५ शनिबार, जेठ २०८१17th April 2024, 11:33:48 am

उपनिर्वाचनको मतगणना जारि,बझाङमा कांग्रेस इलाममा एमाले अगाडी

१७ सोमबार , बैशाख २०८१२० दिन अगाडि

उपनिर्वाचनको मतगणना जारि,बझाङमा कांग्रेस इलाममा एमाले अगाडी

बैशाख १५ गते सम्पन्न उपनिर्वाचनको हिजोदेखि शुरु गरिएको मतगणना आज पनि जारि छ । अहिलेसम्मको मत परिणाम अनुसार बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१)मा नेपाली कांग्रेसका अभिषेक सिंह र इलाम क्षेत्र नम्बर-२ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा एमालेक सुहाङ नेम्वाङले अग्रता लिएका छन् ।

बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१) को पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका अभिषेक सिंहले ८४९२ मत ल्याउदा एमालेका दमन भण्डारीले ८२०८ मत ल्याएका छन् । यता इलाम क्षेत्र नम्बर-२ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा एमालेक सुहाङ नेम्वाङले ८८९८ मत ल्याउदा नेपाली कांग्रेसका डम्बर खड्काले ६२८० मत सहित पछ्याइरहेका हुन् ।

बझाङमा माओवादीका जनकबहादुर बुढाले २८१५ मत ल्याएर तेस्रो स्थानमा छन् भने चौथो स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २१०२ मत पाएका छन् । त्यस्तै इलाममा पहिचान पक्षधरका डकिन्द्र सिंह थेगिमले ४६३४ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले १३०५ मत र एकीकृत समाजवादीका जितबहादुर राईले २४० मत पाएका छन् ।