Advertisement Banner
Advertisement Banner

०५ शनिबार, जेठ २०८१17th April 2024, 11:33:48 am

इलाम-२ को मतगणना ११ बजे पछी शुरु हुने

१६ आइतबार , बैशाख २०८१२० दिन अगाडि

इलाम-२ को मतगणना ११ बजे पछी शुरु हुने

हिजो सम्पन्न उपनिर्वाचन अन्तर्गत इलाम-२ को मतगणना बिहान ११ बजेपछी सुरु हुने भएको छ । बैशाख १५ गते सम्पन्न उपचुनावको मतपेटिका ल्याउन ढिलाइ भएपछि बिहान ११ बजेबाट मतगणना सुरु हुने भएको हो ।

प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत इलाम-२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेका छन् । तीमध्ये ६९ हजार २ सय ८७ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताएका छन् । उनकाअनुसार ६० प्रतिशत मत खसेको बताईएको छ ।

अहिले इलामका ७९ मतदान स्थलका १ सय ४९ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइसकिएको बताईएको छ । बिहान  सर्वदलीय बैठक बसेर मतगणना शुरु गर्ने सहमति अनुसार मतगणना आरम्भ हुने भएको छ ।

संविधान सभाका अध्यक्ष समेत रहेका एमालेका नेता सुवास नेम्वाङको निधन भएपछी इलाम-२ मा उपनिर्वाचन भएको हो । उक्त क्षेत्रमा एमालेले स्वर्गीय नेता सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको थियो ।