Advertisement Banner
Advertisement Banner

२३ आइतबार, बैशाख २०८१17th April 2024, 11:33:48 am

कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

१३ बिहिबार , बैशाख २०८११० दिन अगाडि

कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्री बनेका यामलाल कँडेलले विश्वासको मत लिने भएका छन् । आज अपराह्न ३ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने भएका हुन् ।    

मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने भएपछी अपराह्न ३ बजे प्रदेश सभा बैठक राखिएको बताईएको छ । विश्वासको मत लिनु अघि मूख्यमन्त्री कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई बिना विभागीय मन्त्री बनाएका छन् ।

गएको चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले गठबन्धनमा रहेका दलहरुबीच सहमति जुट्न नसक्दा अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् । कर्णाली प्रदेश सभामा ४० सदस्य रहेकोमा माओवादी केन्द्रको १३, एमालेको १० र एकीकृत समाजवादीका १ सांसद रहेका छन् ।

त्यसैगरी उक्त प्रदेश सभामा नेपाली कांग्रेसका १४, राप्रपाको १ र १ जना स्वतन्त्र सांसद छन् । मुख्यमन्त्री कँडेलले विश्वासको मत प्राप्त गर्न कम्तिमा २१ सांसदको समर्थन आवश्यक पर्छ जसमा सत्ता गठबन्धन दलका २४ सांसद रहेका छन्  ।