Advertisement Banner
Advertisement Banner

२३ आइतबार, बैशाख २०८१17th April 2024, 11:33:48 am

उपनिर्वाचनको आचारसंहिता शुरु प्रचारप्रसार गर्न निषेध

१३ बिहिबार , बैशाख २०८११० दिन अगाडि

उपनिर्वाचनको आचारसंहिता शुरु प्रचारप्रसार गर्न निषेध

वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता शुर भएसंगै आजदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । इलामको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि आचारसंहिताअनुसार प्रचारप्रसार गर्न निषेध गरिएको हो ।

यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले उक्त अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइसकेको बताएको छ ।

निर्वाचन आचारसंहिता अनुसार प्रचारप्रसार निषेधको अवधिभर निर्वाचन प्रचारप्रसार,छलफल,अन्तर्क्रिया,सभा,सम्मेलन,कार्यशाला,गोष्ठी लगायत गर्न नपाउने तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न र सामाजिक सञ्जालबाट मत माग्न समेत निषेध गरिएको छ ।

निर्वाचन आचारसंहिताविपरीत काम नगर्न र निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आयोगले सम्बन्धित सबैलाई आग्रह गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन प्रचारप्रसार निषेध अवधिको अनुगमन र निगरानी गरी सोको जानकारी आयोगलाई गराउन सम्बन्धित निकायलाई निर्देश गरिएको आयोगले जनाएको छ ।