Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

देशको झण्डा उठाउँ, देश बचाउँ

१२ बुधबार , बैशाख २०८१७ महिना अगाडि

देशको झण्डा उठाउँ, देश बचाउँ

सुरेशकुमार पाण्डे - -  -
लेनिन डे । वैशाख १० गते । अध्यक्ष लोकनारायण सुवेदीले वक्तव्यमार्फत भनेका छन्– नेपाल कम्युनिष्ट पार्टी लेनिनको स्मृति शताब्दी तथा १५५औ जन्म जयन्तिको महत्वपूर्ण अवसरमा लेनिनप्रति उच्च र बिशेष सम्मान प्रकट गर्दछ । यस बिशेष अबसरमा लेनिन स्मृति शताब्दी र क.पुष्पलाल जन्म शताब्दीलाई जोड्दै सामन्तबाद तथा सामाज्यबाद बिरोधी नेपाली जनताको क्रान्तिलाई पूर्णता दिन र समाजबादको आधार तयार गर्न कृत संकल्पकासाथ अबिश्रान्तरूपमा अघि बढ्न नेपाल कम्युनिष्ट पार्टी पुनःप्रण गर्दछ ।
दुःखको साथ भन्नुपर्छ, अहिले रिाजनीतिक पार्टीहरूले गर्दा देशभित्र गम्भिर र अनिश्चितताको अबस्था आएको छ । देश कति वर्ष जिवित रहन्छ; हामि देशभक्तहरूको एकतामा निर्भर हुनेछ । हाम्रो बिचको एकता नै देशको भविष्य हो ।
अहिलेको जटिल अवस्थालाई नबुझेर कतिपय नेताहरूको पद प्रतिष्ठा नछोड्ने त्यसैमा टांसिने मनोरगोले गर्दा चित्त नबुझेकाहरूले नयाँ पार्टी गठन गर्ने र आफुले चिताएको पुरा गर्ने व्यबहार छताछुल्लै हुँदै आएको छ । देशभरि नै ससाना झरी च्याउँ जस्तै राजनीति पार्टीहरू जन्मिएकाछन् । यद्यपी न त फुटेर नयाँ पार्टी गठन गरेकाले केही गर्न सक्नेछन्, न पदकालागि मरिहत्य गर्नेहरूले माखो मारेका छन् । बरू जतिसुकै भ्रष्टाचार गरेकालाई पनि अंगालो हालेर जोगाएका हुन्छन् । देशको राजनीति झनपछि झन विकराल र अपराधीकरण बन्दै आएको छ ।
राणाहरूको जहानिया साशन फाल्यौँ । त्यसको फाइदा जनतालाई कत्ति भएन बरू उनैका बन्धु भाईलाई भयो । करिव तीन दशक सम्म जनताले सङ्घर्ष गरे तर जनतालाई माछोमाछो भ्यागुतो गराइयो । यसमा पनि सत्ता मोह नै देखियो ।
जनताको सहनशिलताको बाँध भत्कियो । दश वर्ष सशस्त्र संघर्ष पछि धेरैको प्राणको बदलामा आएको गणतन्त्रमा पनि वास्तविक रूपमा जनताले अधिकार पाउन सकिरहेका छैनन् । सम्विधानले सबै समेट्न नसके पनि जो–जती समेटेको छ त्यसैलाई व्यवहारिकता दिन्छौँ भने अधिकाँश जनताको समस्या हल हुनसक्छन् । सम्विधानमा नअटाएकालाई छलफलद्वारा सामिल गर्न सकिन्छ । र सम्विधानमा देश र जनताको हित नहुने विषय भएपनि छलफलबाट हटाउन सकिन्छ । तर “मेरो गोरूको बाह्रै टक्का’ भनेर अत्तो थाप्दा नै समस्या जन्मिएका हुन्छन् । बिरोधका लागि बिरोध गर्नेहरू र समर्थनका लागि समर्थन गर्नेहरूले देश र जनताको हितमा कहिल्यै कुरा उठाउँदैनन् । सङ्घीयता हाम्रो देश र जनताको हितमा छैन भन्ने बारे सबैजसोलाई थाहा छ । तर पनि सङ्घीयता जोगाउन मरिहत्य गरिरहेछन् ।
देशको विकास गर्ने मनसायले कुनै पनि नेता राजनीतिक पार्टी खोलेका र लागेका छैनन् । मात्र पार्टीलाई आ–आफ्नो स्वार्थसिद्धिको साधन बनाएका छन् ।
अहिले देशमा राष्ट्रिय राजनीति पार्टीहरूको सरकार छ जस्तो देखिए पनि वास्तविकरूपमा लगाम अन्तै छ । राजनीति गर्नेहरू यदि देश र जनताको लागि गर्थे भने यस्तो अबस्था सिर्जित हुनेथिएन । एकले आर्काको बिरोधमा खोइरो खन्ने र सरकारमा पुग्न तिनै सँग एकता पनि गर्नाले जनतामा यिनिहरू घृणाको पात्र बन्न पुगेका छन् । अहिले गाउँ घरका जनताहरू कुनैपनि राजनीतिक पार्टीलाई भोट नदिने बरू कुनै आर्को विकल्प खोज्ने तरखरमा देखिन्छन् । त्यो राजतन्त्र पनि हुनसक्छ । किनकी राजनीति पार्टीहरूबाट मोहभंग भएको देखिन्छ ।
देशभित्र जुनसुकैको सरकार आएपनि खासै फरक अनुभुती हुनसकेन ।
रोजगारको व्यबस्था छैन, देशमा विकास छैन, सडकहरूको अवस्था दयानिय छ । जनताले आधारभूत आवश्यकता पाउन सकेका छैनन् । सर्वत्र लूट छ ।
लघुबित्त, भूमाफिया, अपराधीसमूह, सहकारी ठगहरू हावी भएका छन्  । देशको धन उनिहरू सँग भेटिन्छ । धनाध्येमाथि कारवाही हुँदैन । कुनै गरिबले आफ्नो पुँजी धितो राखेर मज्दुरी गर्न विदेश जान्छ र समयमा ऋण चुक्ता गर्न सक्दैन भने उस्को झिटोझाम्टो पनि लिलाम हुन्छ । अन्याय बढेको बढ्यै छ ।
बिदेशीहरूको अतिकर्मण रोकिएको छैन् । कालापानी लगायतका लिपुलेक, लिम्पियाधुराको मुद्धाहरू सेलाएको अबस्था छ । अपराधीहरू बलात्कारिहरू र तस्करहरूलाई कार्वाही हुँदैन । महंगिले आकास छोएको छ । देशमा कट्टर तानाशाहको आवश्यकता देखिन थालेको छ । जनताको आक्रोश सडकमा देखिएको छ ।
गणतन्त्रको लागि हजारौँ हजार शहिद भएको त्यती लामु समय  भएको छैन् । अंझैसम्म गृहयुध्द प्रत्यक्ष देखेका जनताहरू जिवितनै छन् । आन्दोलनमा परेर शहीद भएकाका आफन्तीहरू जिवित नै छन् । देशलाई टुक्रा पारेर रजाईँ गर्नेहरूले भोलिका दिनमा पछुताउन पर्नेछ । देश नरहे पछि कस्को लागि राजनीति गर्ने ? जीवन भरि देश र जनताको लागि त्याग गरेका त्यागिहरू देशभक्तहरू अब यि भ्रष्ट घातीहरूको भ्रमजालमा नपरेर राष्ट्रको झण्ड उठाउनै पर्ने देखिन्छ ।
संसारभरिको मान्यता केछ भने कम्युनिष्टहरूले बलपूर्वक खोसेको सत्ताबाट देशको विकास भएको छ । चीन, रूस, भियतनाम, फ्रान्स आदी ठाउँहरूमा विकास भएको छ । तर नेपालमा विकास होइन, बिनास भयो । किन ? किनभने देशभित्र कम्युनिष्टको खोल ओडेर कम्युनिष्टको जरा काट्नेहरू नै बढी छन् । कम्युनिष्ट त छँदैछैन भनेपनि फरक नपर्ला । अवसरबदीरू कम्युनिष्ट बनेका छन् ।
नेपालमा कम्युनिष्ट भद्रगोल छ । विदेशी चलखेलको मतियार अरू त छँदै थिए, कम्युनिष्ट नामधारी पनि बनेका छन् । तकृयावादी, शामन्त र साम्राज्यवादीको देशमा चलखेल बढेको देखिन्छ । जति देश र जनतालाई प्रतिकृयावादी वुजुर्वाहरूबाट नोक्सान भएको थियो त्यो भन्दा बढी कम्युनिष्टका जामा भिरेका अवसरबादीबाट भएको छ । राजनीतिमा तरह तरहका माफिया छन् ।
पैसाका लागि पार्टी खोलेका र पैसाकै लागि झोलाबोकेकाहरू लाई समय मै छुट्याउनुपर्ने वेला भयो । मुठ्ठी उठाएर र लालसलाम भनेर देशको भलो हुन्न । राष्ट्रिय अखण्डता र समानताको लागि त्यस्तै प्रकारको कार्ययोजना तय हुनुपर्छ ।
एउटा गरिब र भूपरिवेष्ठित देश विश्वका दुई शक्तिशाली छिमेकको चपेटमा परेको देशलाई विश्वको मानचित्रमा कसरी जोगाईराख्ने भन्नेबारे सबै नागरिक वेलैमा सचेत हुनैपर्छ । अहिलेको अवस्था अत्यान्तै गम्भिर र तरल बन्दै गएको छ । यस्तो अवस्था सम्म पुराउनेहरू पनि यिनै नेता र दलहरू नै हुन् । यही चाला हो भने देश सिक्किमीकरण हुन धेरै समय लाग्ने छैन । स्वरोजगार र उद्यम देशको आवश्यकता छ । त्यसैको लागि पनि देशमा एउटा ससक्त राजनीति नेतृत्व आबस्यकता देखिन्छ । देशलाई साम्राज्यवादको हवाला गराएर सुरक्षित् महसुस् गर्ने, आफ्नो देशका नागरिकको भन्दा विदेशीको विश्वास गर्नाले यो दुर्गति भयो । अब देशलाई जोगाउन राष्ट्रिय एकता र सहकार्यका साथ राष्ट्रको झण्डा उठाउन सकिएन भने समस्यामा परेको अस्तित्व संकटमा परिणत हुनेछ । चेत रहोस् ।