Advertisement Banner
Advertisement Banner

२३ आइतबार, बैशाख २०८१17th April 2024, 11:33:48 am

Image

स्याल र ब्वासाहरूको जगजगी

बैकुण्ठ भण्डारी

१२ बुधबार , बैशाख २०८१११ दिन अगाडि

स्याल र ब्वासाहरूको जगजगी

राजनीति जंगलजस्तो भएपछि जंगल र जनावरको कथाको सम्झना आउनु स्वभाविक नै हो । एउटा ठूलो जंगल थियो । त्यो जंगलमा बडेमानको सिंहले आफूलाई राजाका रूपमा सवैले स्वीकार गर्न वाध्य बनाएको थियो । सिंह जंगलको राजा नै यियो । त्यो जंगलमा लामो समयदेखि सिंह हराएको थियो । सिंह हराएदेखि जंगलमा बस्ने अन्य जनावरहरू को ठूलो भन्नेमा तँछाड मँछाड गरिरहेका थिए । हराएको सिंह आज आउला कि भोली आउला भन्दा भन्दै लामो समय सिंह फर्केन ।
नयाँ बलवान जनावरले त्यो ठूलो जंगललाई आफ्नो बनाउने प्रयास गरिरहे । त्यही जंगलमा जन्मिएका, हुर्किएका जनावरहरूलाई बाहिरबाट आएका साना हुँडारहरूले तह लगाईरहेको थिए । मानौ त्यो जंगलको राजा उनीहरू नै हुन् । 
ती जंगली जनावरहरू आफ्नो दैनिकी मै मस्त थिए । आफ्नो जंगलको सिंह राजा हराएको बर्षौ भईसकेको थियो । सिंह कुर्दा कुर्दै उनीहरूले साना जंगलका हुँडारबाट निकै नै सास्ती खेप्नु परेको थियो । त्यो कुरा सिंह आउलान् र सुनाउला भन्ने थियो । सिंह फर्केन । 
राजा सिंह नहुँदा त्यो जंगल पनि कता कता उराठ लाग्ने बनेको महसुस गरेका थिए जनावरहरूले । उनीहरू जति नै जंगल सुरक्षा र समृद्धि गर्न खोजे पनि उनैलाई हैरान पार्थे ती स्याल र ब्वाँसाहरूले । विचरा कमजोरहरूको न सुनाउने ठाउँ थियो न सुनिदिने सिंह नै थिए । अन्यायमा परेका थिए ।!
सिंहको नाम गरेर हुँडार र स्यालहरूले रजगज गरिरहेको थिए । जंगलका निकै उत्कृष्ट जडिबुटीहरू सत्यानाश पारिरहेका थिए । आफूभन्दा कमजोर जनावरलाई त उनीहरूले जंगलबाट नै लखेटिरहेका थिए । हुँडार र स्यालहरू जंगल रित्तो पार्न चाहन्थे र आफै राज गर्न । तर पनि कतिपय जंगली जनावरहरू हुँडार र स्याललाई आफ्नो बलबुताले भ्याएसम्म ङ्यार ङुर गर्न भने छाडेका थिएनन् । 
जंगलमा रहेका मृग, हरिण, हात्ती, बाँदर, सर्प, विच्छी लगायतका जनावरहरू न त जंगल छाड्न सक्ने अवस्थामा थिए । न त हुँडार र स्यालको कर्कसो स्वर सुनेर बस्न ! पीडामा थिए । 
हुँडार र स्याल मिलेर जंगली जनावरलाई हैरान बनाएपछि एक दिन हात्तिले भन्यो, ‘हेर साथी हो, म जति नै ज्यानले ठूलो भएपनि त्यो हुँडार र स्यालसँग डराउनु पर्ने अवस्था छ । यसरी कति दिन बस्ने ? म यो जंगल छाडेर जाँदैछु !’ 
हात्तिको कुरा सुनेर मृग पनि हो मा हो थपिरहेको थियो । ‘हात्ति दाईको कुरा मलाई निकै चित्त बुझ्यो, मैले त अस्तिनै जान खोजेको हो भन्नै नसकेर बसिरहेको थिएँ ।’ यो जंगलमा हामीलाई न्याय दिने कोही नभएपछि किन बस्नु । अरू पल्लो जंगलमा शरण लिएर बस्दा हुन्छ । 
मृगको अत्यास टिठलाग्दो भनाईले बाँदर मुसुमुसु  हाँसिरहेको थियो । बाँदर हाँसेको देखेर हरिणले भन्यो, ‘होइन ओई वाँदर तँ चाँहि किन हाँसिरहेको छन् । यहाँ झन् सवैको दुखलाई पार कसरी लगाउने भन्ने छलफल गरिराख्या छौ उ भने खित्काउँदै हाँस्छ !
हरिणलाई आफूलाई झपारेपछि बाँदर पनि झोक्किँदै भन्छ । ‘हुतिहाराहरू आफूलाई ठूला सम्झने धेरै दगुर्छु भन्ने मसँग कसैसँग नभएको कस्तुरी छ भन्ने । म डसेर पनि मार्न सक्छु भन्ने तिमीहरू जंगली जनावर लाछी भएको देखेर हाँसेको नि । तिमीहरू जस्तो आफ्नो थाकथलो छाडेर हुँडार र स्यालसँग डराएर भाग्नु छैन मलाई । म यहीँ बस्छु ।
त्यो बाँदरले साथीहरूलाई शक्ति थपिदियो । हौसला दियो । जंगला छाडेर जान्छु भन्ने हात्ति र मृगलाई अलि जोश बढेर आयो । मृगले फेरि भन्यो । ‘तिमीले साँच्चै भनेको कि हामीलाई बर्बाद पार्न भनिरहेका छौं ? भन त ।’
आफूलाई बुद्धिमान ठान्ने तिमी जत्तिको बुद्धिमानीले म जस्तो बाँदरलाई यस्तो कुरा भनेको सुहाँउछ ? म त लड्ने हो । हुँडार र स्यालले आफूलाई सिंह सम्झिरहको छन् । ती सिंह हुँदै होइन । तिनीहरूसँग म जावो बाँदर लड्न खोजेको छु भने हात्ति दाई त्यसै डराएर अर्काको ठाउँमा जाने ? 
सबैलाई बाँदरको भनाई ठिकै लाग्यो भन्न थाले हात्ति पनि । हात्ति हात्ति नै हो सवैको साथी पनि हो । भन्यो– तिमीहरूले जे भन्छौं म त्यही गर्छु । 
हामीमाथि अन्याय भईरहेको छ । जंगलमा बस्ने तिमीहामी पनि अन्यायमा परेका छौं । हुँडार र स्यालहरू त्यो सानो सिंहका वरिपरि छन् । त्यत्तिकैमा तिमीहरू डराईरहेका छौं । तर म बाँदर हुँडारहरूलाई तह लगाउँछ भन्नेमा ढुक्क छु । अनि यही जंगलका सिंह आउछन् र न्याय गर्छन् भन्नेमा पनि ढुक्क छु । यदि मलाई सवैले साथ दिने हो भने म यी हुँडार र स्यालसँग कुस्ती खेल्छु । 
बाँदरले हुँडार र स्याल विरूद्ध हुँङकार गरेपनि हात्तिले आफ्नो सँुडलाई फनक्क पारेर घुमायो । आँखा रातो रातो बनायो । मृगले तीनफन्का फनऽन फन्क्यो । मानौ अव यी जंगली विभिन्न जाती समूह मिल्न खोजिरहेका छन् । 
बाँदरको कुरा सुनेर वरपर मौन बसेका विच्छी, सर्प भ्यागुता, हरिण, चमेरो, सुगा लगायत पनि आआफ्नो किसिमले साथ दिएर हुँडार र स्यालसँग लड्छु भन्दै हात्तिका सामु आए । जंगलमा बसेका सवै जनावरहरू एक भएर भोली विहान सवेरै हुँडार र स्याललाई वरिपरिबाट घेर्ने योजनामा मतो मिलाए ।
एकताका साथ लड्ने निधो भयो । सवैले आआफ्नो योग्यता देखाउन र एकले अर्कालाई सहयोग गरेर सानो सिंहको वरिपरि बसेर सवलाई तह लगाउने कुचेष्टा गरिरहेका हुँडार र स्याललाई खेद्ने निधो गरे । उनीहरू एक रातका लागि कोही कतै नछुट्टिने बाचा पनि गरे । 
यी जनावरहरूले बाचा गरे जस्तै हुँडार स्यालको बासस्थानतिर लागे । मध्यरातमा सानो सिंहको वरिपरि मस्त मारिरहेका हुँडारका छेउ पुगेर हात्ति जंगलै थर्कने गरी करायो । बाँदरले आफूले वोकेको धारिलो हतियार हुँडारलाई प्रहार ग¥यो । हुँडार र स्याल थरहरि भए ।
त्यो जंगलका सवै जनावरहरू एकै ढिक्का भएर आएको देखेपछि उनीहरूले सानो सिंहसँग कानेखुशी गर्न थाले । सानो राजा, अव हाम्रा दिन गए जस्तो छ । हामीले जति मस्त ग¥यौं ग¥यौ । अव यी जंगली जनावर एक ढिक्का भएर हामीलाई सिध्याउने गरी आएका छन् । हामी यो जंगलबाट भागेर आफ्नै जंगल जानुको विकल्प रहेन अब, जाऔं ।
ती हुँडार र स्यालले सानो सिंहसँग कानेखुशी गरेको चाल पाएको हात्तिले एक पाइला अघि गरेर आफ्नो सुडले हुँडारलाई अठ्याउने प्रयास गर्न खोजेको मात्र के थियो । हुँडार, स्याल र सानो सिंह जंगलबाट कुलेलम ठोके ! जंगल फेरि स्वतन्त्र र स्वराजमा फर्कियो ।
नेपालको अवस्था यस्तै होला ?