Advertisement Banner
Advertisement Banner

०५ शनिबार, जेठ २०८१17th April 2024, 11:33:48 am

चुनावमा सफल : शासनमा असफल

११ मंगलबार , बैशाख २०८१२५ दिन अगाडि

चुनावमा सफल : शासनमा असफल

काठमाडौं । ०४६ सालपछि आजसम्म शासन र सत्ता चलाउने नेता यिनै हुन् । गिरिजाप्रसाद कोइराला र सुशील कोइराला बिते पनि बाँकी यिनै हुन्, जो ३४ वर्षदेखि एकछत्र शासन गरिरहेका छन्, यी प्रजातन्त्रवादी, समाजवादी, सर्वहारावादी ।
हरेक चुनावमा जनताले विश्वास गरे । चुनाव जिते, जित्दै आएका छन् । तर जनताको मन जित्न सकेनन् । जनताका घृणाका पात्र बनेका छन् । देश र जनतालाई लुट्ने, भ्रष्टाचार गर्ने, फाइदाका लागि राजनीतिलाई अपराधिकरण गर्न पनि कुनै नेता पछि परेनन् । कुनै न कुनै जनघात, राष्ट्रघात, समाजघातका आक्षेप यिनमा छ । सबैभन्दा डरलाग्दो त परिवारवादको आरोप छ । न नीति, सिद्धान्तमा टिके, न नैतिकताको धरातलमा । हरेक नेताको अनुहार अर्कोसँग मिल्छ किनकि कुनै पनि नेता घोषणापत्रमा प्रतिवद्ध छैनन् । कुनै पनि नेता सुरक्षा घेरा तोडेर जनतामा जान सक्दैनन्, यिनको हैसियत बुझिएन र ?  – फणिन्द राज पन्त