Advertisement Banner
Advertisement Banner

२३ आइतबार, बैशाख २०८१17th April 2024, 11:33:48 am

उपनिर्वाचनका लागि सत्र सय कर्मचारी खटाइने

१० सोमबार , बैशाख २०८११३ दिन अगाडि

उपनिर्वाचनका लागि सत्र सय कर्मचारी खटाइने

यहि वैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि करिब १ हजार ७ सय कर्मचारी खटाइने भएको छ । उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयहरूलाई निर्देशन दिंदै निर्वाचन आयोगले उक्त जानकारी गराएको हो ।

प्रत्येक मतदान केन्द्रमा सात जना कर्मचारी रहने गरी कर्मचारीको प्रबन्ध मिलाइने र उपनिर्वाचनमा इलाम–२ मा १ सय ४९ तथा बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएको आयोगले बताएको छ  । कानुनी व्यवस्था अनुसार उपनिर्वाचनमा परिचालन हुने जनशक्ति निर्वाचन अधिकृतको कार्यालयले नियुक्त गर्नेछ ।

मतदान केन्द्र अनुसार इलाममा १ हजार ४३ र बझाङमा ६ सय ५१ गरी कुल १ हजार ६ सय ९४ जना जनशक्ति परिचालन गरिने आयोगले जनाएको छ । प्रत्येक केन्द्रमा १–१ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा ५ जना सहयोगी कर्मचारी रहने छन् ।