Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

कामै नगर्ने दूतहरू किन राख्ने ?

०४ मंगलबार , बैशाख २०८१७ महिना अगाडि

कामै नगर्ने दूतहरू किन राख्ने ?

काठमाडौं । बैदेशिक व्यापारको ८५ प्रतिशत हिस्सा भउको भारतमा कलकत्तामा एकजना महावाणिज्य दूत, चीनमा ३ तर अन्य देशमा आफ्ना मान्छेलाई महावाणिज्य दूत नियुक्त गर्ने क्रम रोकिएन । हालै पनि गृहबाट परराष्ट्र सरूवा भएका मन्त्री नारायणकाजीले अर्का दूत नियुक्त गरेर सकेको बेलामा गर्ने हो भन्ने उदाहरण देखाएका छन् ।
नेता र कर्मचारीले राज्य दोहन गर्ने अनेक तरिकामध्ये वाणिज्य दूत नियुक्ती पनि हो । व्यभिचारको माध्यमबाट स्वार्थपूर्तिका लागि यसरी महावाणिज्य दूत नियुक्त हुने गरेका छन् । देशको सम्मान घट्दै जाने, देशको आर्थिक तथा अन्य विषयमा बेवास्ता गर्ने, गर्नुपर्ने विषयमा लविङसमेत नगर्नेहरू दूत बनेर विदेशमा बिराजमान बनेका छन् । नेपालले सन् १९५६ मा ल्हासामा र सन् १९९७ मा हङकङमा महावाणिज्य दूतावास खोलेको थियो । चीनकै ग्वान्जाओमा २०१७ मा दुतावास स्थापना गरेको हो । दूतको काम नेपालसँगको व्यापार सम्बन्ध र व्यापार बढाउने काम गर्नुपर्ने हो । आजसम्म कुनै दूतले केही गरेका छैनन् । सरकारले पनि कुनै तथ्य सार्वजनिक गरेको भेटिदैन ।
बुद्धिजीवीहरू भन्छन्– कूटनीतिक नियुक्ती लिने, सुविधाको दुरूपयोग गर्ने प्रवृत्ति दिनदिनै बढेर गएको छ । एक्का दुक्का बाहेक कुनै पनि वाणिज्यदूत, राजदूत अथवा अन्य दूतहरूले राष्ट्रको लागि उदाहरणीय काम गरेको रेकर्ड छ भने परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्नुपर्छ, पारदर्शीता देखाउन सक्नुपर्छ । यसबारे सरकार मौन छ ।
विद्या भण्डारी राष्ट्रपति हुँदा अवैतनिक वाणिज्यदूतहरूसँग महत्वका साथ भेट गरेको समाचार आएको थियो । रामचन्द्र पौडेल राष्ट्रपति भएपछि नियुक्ती गर्नु बाहेक जानकारी लिएको समाचार समेत आएको छैन । नेपालले नियुक्त गरेका र नेपालमा विदेशीले पठाएका दूतहरूले के गरेका छन् ?  के त्यस्तो काम गरेछन् जनताले थाहा पाउनु पर्दैन ? भूकम्प जाँदा, बाढीपहिरोले धनजनको क्षति हुँदा, कोभिड–१९ ले जनतालाई धमाधम मार्र्दा, खाना–उपचार–सुरक्षा नपाउँदा यी महावाणिज्यदूतहरूको भूमिका के रह्यो ? देशले यिनीहरूबाट के कति लाभ हासिल ग¥यो ? यिनको पदीय दायित्व पूरा भयो भएन ? कतिपयले त पदीय मर्यादा लाघेर कालोधन्दा समेत गरेका समाचार आए । यस्तैलाई हो राष्ट्रले नियुक्त गर्ने, स्वीकार गर्ने, भेट्ने, तिनलाई महत्व र तक्मा बाँड्ने ? राष्ट्रपतिको परिकल्पना राष्ट्राध्यक्षको रूपमा गरिएको छ । त्यो परिकल्पनाअनुसार राष्ट्राध्यक्ष सेवाग्राही जनताको पीरमर्का फुकाउनुमा देखिनु पर्ने होइन र ? किन राष्ट्राध्यक्ष उभिने व्यभिचारबाट बनेका वाणिज्यदूतसँग हो र ? राष्ट्राध्यक्षले विदेशीका र नेपालले नियुक्त गरेका वाणिज्यदूतहरूसँग एकपल्ट भेटवार्ता गर्नुपर्ने र सरकारले पनि तिनको उपयोगिताबारे छलफल गर्नुपर्ने हो ? आश्चर्य, महावाणिज्य दूतहरूका बारेमा संसदमा समेत कुनै प्रश्न उठाइदैन । यसको कारण बुझिनसक्नु छ ।
हुन त ३० दूतावास, ६ महावाणिज्य दूतावास, अन्य दूतहरू पनि नियुक्त रहेका छन् । सांस्कृतिक र अन्य दूत कति छन् हिसावै छैन । तिनले देशका लागि के गरे ? कति काम गरे, कुनै अत्तोपत्तो छैन । प्रभावका आधारमा पद ओगट्यो, पदको दुूरूपयोग गरियो । क्षमता नै नभएका र आफन्त तथा पैसाको लेनदेनमा दूतहरू नियुक्त गर्दा नेपालको हैसियतमा दिनदिनै हानि पुगिरहेको देखिन्छ ।
राजदूतहरू क्यारियर कूटनीतिज्ञ बढी लाभकारी हुन्छन् । भारतले समेत विदेश सचिवबाट विदेश मन्त्रीसमेत नियुक्त गरेर चलाएका छन् । अनुभवको महत्व, कूटनीतिक क्षमता त्यस्तो हुन्छ । नेपालमा भागबण्डामा नियुक्त गर्दा नेपालको कूटनीतिक क्षमतामा दिनदिनै ह्रास आइरहेको छ । यसमा कतिपयले चिन्ता प्रकट गरेका छन् तर भागबण्डामा रमाएको सरकारले कुनै वास्ता गर्दैन । क्षमता होइन, शक्तिको चलखेलले देशको मान प्रतिष्ठामा आँच पुगेको छ ।
संवैधानिक निकायमा भ्रष्टाचारको आरोप लागेका कति छन् कति । राजदूतहरू त्यत्तिकै छन् । इजरायलका राजदूतमा असफल अन्जान शाक्यलाई राष्ट्रिय सभामा मनोनित गर्न सरकारले सिफारिस गर्दैछ । संसदमा भ्रष्टाचारी, राष्ट्रियसभामा प्रभावशालीको भण्डारण, विदेशी दूतहरूमा पार्टीका मान्छे । सक्किगयो नि ।
विदेशीले नेपालमा कन्सुलर नियुक्त गर्दा नेपालका प्रत्येक ठूला व्यापारीलाई नियुक्ति गरेको छ । यसमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, माधव नेपाल समूहले समेत दबाब दिएर नियुक्ती दिलाएका छन् । हरेक व्यापारिक घराना कन्सुलर । तिनले कूटनीतिक मर्यादा राख्लान् कि मुनाफा हेर्लान् ?
राजदूत, महावाणिज्य दूत, सांस्कृतिक दूतहरूको नियुक्ती देश भित्र वा विदेशमा मात्र पैसा, प्रभाव र नातापाताबाटै भइरहेका छन् । जुन गलत हो ।
नेपाल र नेपालीको दुर्भाग्य हो– राष्ट्रको प्रतिनिधित्व कसैले गरेनन्, गौरवपूर्ण कार्य कसैले गर्न सकेनन, देशको समृद्धि, प्रगति, स्थिरता र स्थायित्वका लागि कुनै पार्टी अथवा नेताले प्राथमिकता नै दिएनन्, जो आए कानै चिरिएका आए, जोगी र भोगी आए ।
०४६ सालदेखिको राजनीतिको अपराधिकरण, अनियमितता र यस प्रकारको निरन्तर स्खलनले राष्ट्रको हैसियत खोक्रा भइसक्यो । राजनीतिमा अराजकता र कूटनीतिमा असक्षमताका कारण नै देशको यस्तो दयनीय अवस्था हुनपुगेको हो । यो सबै बेथिति कुनै न कुनै नेतालाई त दुख्नुपर्ने हो ? दुख्दैन, सबै लुटमै लागेका छन्, स्वार्थपूर्तिमै रमाइरहेका छन् ।
चाहे विदेशीले चयन गरून्, स्वीकार गर्ने नेपालले हो भने चाहे नेपालले नियुक्त गरून्, स्वीकार्ने विदेशीले हो । विदेशीले भेष्टेड इन्टरेष्ट हेरेर बिग हाउसलाई चयन गर्ने गरेको छ । नेपालले नेताले प्राप्त गरेको ब्रिफकेसलाई मात्र हेर्दा क्षति राष्ट्रको भइरहेछ ।
                – फणिन्द्र राज पन्त