Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

इलाम-२ को उपनिर्वाचनका लागि घिमिरे मुख्य निर्वाचन अधिकृत तोकिए

२१ बुधबार , चैत्र २०८०४ महिना अगाडि

इलाम-२ को उपनिर्वाचनका लागि घिमिरे मुख्य निर्वाचन अधिकृत तोकिए

आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र-२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई तोकिएको छ । मङ्गलबार निर्वाचन आयोगले घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार चैत २२ मा इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने बताईएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै  अन्तिम मतदाता नामावली प्रकाशन हुने र उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुने आयोगले बताएको छ ।

उक्त क्षेत्रमा हुने उपनिर्वाचनमा भाग लिन आयोगमा २० दल दर्ता भएका र निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा आइपुग्ने बताईएको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा  खटिने कर्मचारीको नामावली सङ्कलन गरिसकेको छ ।

इलाम-२ का लागि ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहने छ भने ८ सय ९४ जना कर्मचारी परिचालन हुनेछन् । आयोगकाले चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरि उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने बताएको छ ।

गत २०७९ मंसिर ४ गते भएको चुनावमा इलाम–२ मा नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त क्षेत्र प्रतिनिधिविहीन अवस्थामा रहेको छ ।