Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

दुई युवा कि ठूला पार्टीको परीक्षा

२१ बुधबार , चैत्र २०८०४ महिना अगाडि

दुई युवा कि ठूला पार्टीको परीक्षा

वैशाख १५ गते सुवास नेम्वाङले जितेको इलाम २ को सांसद निर्वाचनमा दुई युवा मिलन लिम्बु र सुहाङ नेम्वाङ मैदानमा उतारिएका छन् ।
सुहाङ सुवास नेम्वाङका छोरा र एमालेका उमेदवार हुन् । मिलन लिम्बु रास्वपाका उमेदवार हुन् । दुबै युवा लिम्बु समुदायका हुन् । यी दुईको उमेदवारीलाई लिएर इलामका घरघरमा चर्चा छ, आश्चर्य छ । तर राजधानीमा माओवादीले एमालेलाई भोट दिन्छ कि दिन्न भन्ने जोडघटाउ सुरू भइसकेको छ । कांग्रेस अझै दुविधामा छ, उमेदवार तय गरिसकेको अवस्थामा छैन । यी दुई उमेदवार चुनाव प्रचार गर्दै घरघर अभियानमा लागिसकेका छन् । अहिलेसम्मको निर्वाचनमा इलाम २ को यो युवा भिडन्त, ठूला पार्टी भिडन्तको चुनाव अर्थपूर्ण छ ।
रास्वपाले उम्मेदवारी घोषणा गरेकै ठाउँ इलामको चोकबजारमा आइतबार यी दुई युवकबीच जम्काभेट भयो र दुबैवीच मैत्रीपूर्ण दृश्य पनि देखियो । दुबैले हात मिलाए, अङ्कमाल गरे, दुबैले एकदोस्रालाई शुभकामना पनि दिए । सुहाङले मिलनलाई घरमा खाना खान निम्तो दिए, मिलनले घरमा पुग्ने वचन दिए । लोकतन्त्रको १८ वर्षपछि देखिएको यो संस्कारले धेरै कुरा बताएको छ ।