Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

अर्थतन्त्रमा कता देखियो उत्साह ?

२१ बुधबार , चैत्र २०८०४ महिना अगाडि

अर्थतन्त्रमा कता देखियो उत्साह ?

काठमडौं । कांग्रेसलाई छाडेर एमालेतिर पल्टिएका प्रधानमन्त्रीले नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको बताएका छन् । अर्थतन्त्र झन झन शिथिल हुँदैछ, आर्थिक कारोबार नभएर मन्दी बढेको छ । फेरि प्रधानमन्त्रीको दृष्टिले अर्थतन्त्रको कुन कुनामा देखेछन् उत्साह ?
अर्थतन्त्रको ढाड भाँचिएको प्रत्येक अर्थविद बताइरहेका छन् । तर सत्ताधारी उत्साह देख्छन्, यो उत्साह बढेकै हो भने यस्ता सत्ता समीकरण १४ महिनामा किन, महिना महिना दिनमा फेरे हुन्न र ? एक अर्थविदले बताए– अर्थतन्त्र चलायमान छैन । रेमिटान्स नआउने  हो भने महिना दिनमै अर्थतन्त्र धरासायी हुने देखिएपछि सत्ताधारीले यो अवस्थामा अर्थविदहरूसँग बहस चलाएर उचित कदम चाल्नुपर्ने होइन र ?