Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

नाउपाक दुई प्रदेश अध्यक्ष निष्कासित

२० मंगलबार , चैत्र २०८०४ महिना अगाडि

नाउपाक दुई प्रदेश अध्यक्ष निष्कासित

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले गण्डकी र बागमती प्रदेशका दुई अध्यक्षलाई निष्काशन गरेको छ । पार्टीको केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गण्डकीक अध्यक्ष राजन गुरुङ र बागमतीका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाट निष्कासन गरेकी हुन् ।  

केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गण्डकी अध्यक्ष राजन गुरुङ र बागमतीका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पदमुक्त गरी पार्टीबाट निष्कासन गरेकी हुन् ।

गण्डकी र बागमतीक अध्यक्षले पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि हिजो पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा अभद्र व्यवहार गरी कुटपिट गरेको भन्दै दुवै जनालाई पदमुक्त गरी पार्टीबाट निष्कासन गरिएको अध्यक्ष श्रेष्ठद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीबीच नयाँ सत्ता गठबन्धनमा जाने कि पुरानोमा भन्नेमा विवाद चलिरहेको छ । रन्जिता केन्द्रमा भएको नयाँ सत्ता गठबन्धनमै सहभागी भएर प्रदेशहरूमा सरकार बनाउन चाहिन्छन् भने रेशम नयाँ सत्ता गठबन्धनमा नजानेमा छन् ।

उक्त विषयमा छलफल भइरहेका बेला सोमबार काठमाडौँमा आयोजित केन्द्रीय कमिटीको बैठकमै नेता कार्यकर्ताहरूबीच कुटाकुटको अवस्था सिर्जना भएको थियो । त्यसलगतै हिजै अध्यक्ष रञ्जिताले दुई प्रदेश अध्यक्षलाई निश्कासन गरेकी हुन् भने यता महासचिव गंगाराम चौधरीले आगामी शुक्रबार र शनिबार केन्द्रीय समितिको बैठक बोलाएका छन् ।