Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

मोर्चाको बृहत् अन्तरक्रिया कार्यक्रम काठमाडौँमा

२० मंगलबार , चैत्र २०८०४ महिना अगाडि

मोर्चाको बृहत् अन्तरक्रिया कार्यक्रम काठमाडौँमा

आज समाजवादी मोर्चाले काठमाडौँमा बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । मोर्चाको उक्त कार्यक्रम राष्ट्रियसभा गृहमा हुने भएको हो ।  

सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सम्मिलित मोर्चाले बृहत् अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो । उक्त कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालसहित चारै वटा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

काठमाडौँको राष्ट्रियसभा गृहमा मध्यान्ह १२ बजे नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम हुने र कार्यक्रमलाई चार वटै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ ।