Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

संवैधानिक परिषद्को बैठक बालुवाटारमा

१८ आइतबार , चैत्र २०८०४ महिना अगाडि

संवैधानिक परिषद्को बैठक बालुवाटारमा

प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । यसअघि चैत १२ गते बस्ने भनिएको बैठक बस्न नसकेपछि उक्त बैठक आज बालुवाटारमा बसेको हो ।

आजको बैठकमा महालेखा परीक्षक नियुक्तिका सम्बन्धमा छलफल हुने बताईएको छ । आजको बैठक बस्नुअघि हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ । आजको बैठकमा संवैधानिक निकायहरूमा रिक्त रहेका केही पदमा नियुक्तिका लागि सिफारिसको निर्णय हुने समेत बताईएको छ ।