Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

कांग्रेसले प्रतिपक्षीको रचनात्मक भूमिका निभाउछ : सभापति देउवा

१६ शुक्रबार , चैत्र २०८०४ महिना अगाडि

कांग्रेसले प्रतिपक्षीको रचनात्मक भूमिका निभाउछ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा सशक्त र रचनात्मक प्रतिपक्षीको भूमिका खेल्ने बताएका छन् । आज नेपालगन्ज विमानस्थलमा अगुवा नेता कार्यकर्तासँग बोल्दै कांग्रेस सभापति देउवाले उक्त कुरा बताएका हुन् ।

सभापति देउवाले का‌ग्रेसले जनताका मुद्दालाई केन्द्रमा राखेर काम गर्ने र संसदमा सशक्त र रचनात्मक प्रतिपक्षीको भूमिका निभाउने बताएका छन् । देउवाले नेता कार्यकर्तालाई पार्टी सङ्गठन मजबुत बनाउन गाउँ-गाउँमा केन्द्रित हुन निर्देशन समेत दिएका छन् ।

नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको दाङ अमिलिया चोकस्थित पूर्ण कदको शालिक अनावरणका लागि नेपालगन्ज पुगेका सभापति देउवाले सङ्गठन निर्माण, विस्तार र सुदृढीकरणमा लाग्न समेत नेता कार्यकर्तालाई निर्देशन दिएको बताईएको छ । साथै, उनले काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई जनअपेक्षा अनुरुप काम गर्न आग्रह गर्दै सुशासन र समृद्धि हासिल गर्ने दिशामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेसका स्वर्गीय नेता खड्काको शालिक अनावरणका लागि सभापति देउवासँगै सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, केन्द्रीय सदस्य दीपकगिरी लगायत नेताहरु नेपालगन्ज पुगेका छन् ।