सुरेशकुमार पाण्डे - - -
नेपालमा पनि प्रत्येक वर्ष अन्तरराष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ । लोकतन्त्रपछि बिभिन्न राजनीतिक पार्टी, सामाजिक सँग सस्थाहरूले महिंलाहरूलाई सचेत र संगठित बनाउने प्रयास गर्दै आएको पनि देखिन्छ ।
राणाकालमै सति प्रथा जस्तो सामाजिक कलङ्कको अन्त्य भएको थियो । देउकी प्रथा समाप्त हुन अलि समय लाग्यो । बोक्सी प्रथा अंझैपनि भेटिन्छ । जवसम्म झाँक्री प्रथा सकिदैन बोक्सी प्रथाको अनत्यै हुनेछैन ।
अन्धविस्वास धेरै छन् । सामाजिक आकासमा रहेको कालो बादल बिस्तारै हट्दै जान्छ । अहिले छाउपिडी प्रथा पनि समाजमा घर जमाएको देखिन्छ । यसबारेमा स्वयम महिलाहरू नै सचेत हुन जरूरी छ ।
अहिलेपनि छोरा र छोरीमा समानता आउन सकिरहेको अवस्था छैन् । त्यसको लागि सामाजिक चेतना छोरा छोरीलाई हेर्ने दृष्टिकोणलाई नै बदल्नुपर्ने देखिन्छ । शारीरिक रूपबाट र मानसिक रूपबाट पनि बलियो आत्मनिर्भर हुनुपर्ने आवश्यकता हुन्छ । हामीले परिकल्पना गरेको समाज भनेको प्रत्येक सामाजिक तथा राजनीतिक कुनामा समानता हो । छोरीलाई समाजमा आत्मनिर्भर गराउन राज्यले कानुनी र अन्य शिक्षा र अवसरको सुविधाको ग्यारन्टी गर्नुपर्छ । नार्री शुरक्षा दिने कुराहरू छन् । महिंलाले आफ्नो हक अधिकार लिने भने कै आफ्ना खुट्टाले आफै उभिने बिषय हो । त्यसको लागि समाज र राज्याले सहज बातावरण बनाइदिनु पर्छ ।
हामीसँग नियम छ कानुन पनि छ तर नियत छैन । त्यसकारण महिलाहरू अपहेलित छन् । उनिहरूलाई कटपुतली बने हुने थियो पनि भन्ने र अधिकार दिए जस्तो पनि गर्ने प्रचलन कायम छ । यही व्यवहारले महिलाहरू पछि परेका हुन् ।
महिला अधिकारका लागि लामू सङ्घर्षको इतिहास छ । बलिदानको इतिहास छ अधिकार पाएरपनि खोसिएको इतिहास छ । त्यो ऐतिहासिक तथ्य उजागर गर्न वा त्यसबाट शिक्षा लिन दिन वर्षदिन पर्खिने व्यवहारले पनि हामीलाई अन्धो बनाइदिएको छ । निरन्तर महिला आन्दोलनको इतिहासलाई नियमित अध्यायन गर्ने र विवेकसिल साधक बनेर अशिक्षितलाई शिक्षा दिनुको साटो पढेलेखेकाहरू नै अन्धविश्वासको जाँतोमा पिसिंदा पनि समाज सचेत हुनसकेको अवस्था छैन् ।
महिला आन्दोलनको इतिहास धेरै लामो छ । कुनै जमानामा मात्रृत्माक समाज पनि थियो तर विस्तारै उनीहरूको साररिक बनौटको फाइदा उठाएर पुरूषहरूले आफ्नो दास कटपुत्ली बनाएको इतिहास छ । त्यसपछिका सचेत महिलाहरूले महिला अधिकारका लागि लामू समय सम्म सङ्घर्ष गरेका छन् । संसारका देशहरूमा जस्तै जर्मनका अगस्त वेवेलको सन् १८८७ मा प्रकासित पुस्तक “नारी र समाजवाद“नारी आन्दोलनलाई समाजवादी दिसा तर्फ डोराउन मद्दत् गरेको थियो ।महिँलाहरूको मागलाई लिएर कयौं महिला संगठनहरूले पनि आन्दोलनलाई अगाडि बढाउँने प्रयात्न गरे । नारीवादी आन्दोलनको मुख्य योगदान रहेको भेटिन्छ । आन्दोलनलाई समाजवादी धारको संगठित रूप क्लारा जेट्किन (१८५५–१९३३) अलेक्जैण्डर र क्लोन्टालको पनि महत्वपूर्ण योगदान रहेको भेटिन्छ ।
एसियाको कुरागर्दा महिला मुक्ती वा उनिहरूको सुधारका लागि सर्वप्रथम भारतका राजा राम मनोहर राय (१७७२–१८३३), चीनका जिउ जिन (१८७५–१९०१), इण्डोनेसिया की काडेन अडिड्ङ्ग कार्तिनी (१८७९–१९०४),जापानकी कानोसुगा(१८८१–१९१०), टर्कीका जिया गोयाल्क (१८७६–१९२४)र यंग तुर्कहरू, मिश्रमा मल्का हिफनी नासिक, हुँदासखी, इरानमा कुरतुल आवनर, १८१५–५१) लगायतका थुप्रैले महिला मुक्ति आन्दोलनमा योगदान पुराएका छन् ।
आठ मार्च सन १९०८ मा अमेरिका गार्मेन्ट फेकट्रीहरूमा काम गर्ने महिँलाहरू समानताको माग गर्दै जुलुस प्रदर्शन गरेका थिए । सोही दिन शिकागो सहर लगायत कयौं सहरहरूमा महिँलाहरू लाई दिइने कम तलव, उनिहरू माथि हुने दुव्र्यवहारको बिरूद्धमा जुलुसहरू भए । २८फर्वरी सन१९०९मा कयौं ठाउँमा महिला दिवस पनि मनाएका थिए ।पछि सन१९१०मा अन्तरराष्ट्रिय रूपमा मान्यता दिएको र कतिपय ठाउँमा त्यही वर्ष देखि महिंला दिवस मनाएको भेटिन्छ । तर व्यवस्थित रूपमा १९११बाट महिँलाहरूले श्रमिक महिला दिवस मनाउँदै आएका छन् ।
सवाल महिंला दिवस परमपराको रूपमा मनाउँने की यो दिनलाई प्ररेणाको रूपमा मनाउने त्यही नै हो । यो दिवसबाट प्ररेणा लिने हो भने राम्रो ।
संसारका महिंलाहरू उच्च पदमा आसिन हुँदै आएका छन् हाम्रै छिमेकी देश श्रीलंकामा श्रीमति भण्डारा नाइके, भारतमा श्रीमति इन्द्रा गांधी, पाकिस्तानमा बेन्जिर भुट्टो, हाम्रै देशमा विध्या देवी भण्डारीले दोस्रो कार्यकाल सम्म राष्ट्रपती रहिन,त्यो मात्रै होइन उनि रक्षा मन्त्री पनि रहेकी हुँन् ।प्रधान न्यायधिश, न्यायधिस, वरिष्ट अधिबक्ता, पाइलेट, चालक, कयौँ क्षेत्रमा कयौं बिधामा पिएचडी गरेका थुप्रै महिँलाहरू हाम्रै देशमा पनि भेटिन्छन् । सगरमाथा चढेका, साहित्यकार र मदन पुरस्कारले सम्मानित पारिजात लगाएतका थुप्रै महिलाहरू हाम्रो समाजमा थिए र छन् । तरपनि महिलाहरू उपक्षित अपहेलित, दमित हुँदै आएका छन् । महिलाहरू र किसोरीहरू माथिको बलात्कार हिंशा आदी घटनाहरू झनपछि झन घट्दै आएका पनि छन् । यसको मूलकारण केहो?त्यसबारेमा समाजलाई सचेत बनाउनु पर्दछ ।
बांग्लादेशकी लेखिका तलसिमा नर्शिनले मूश्लिम समाजले अप्नाउँदै आएको चार विवाहको कानुनको बिरूद्धमा आवाज उठाइन र एउटा पुस्तिक “लज्जा’ लेखिन तर उन्लाई आफ्नो देश नै छोडेर भारतमा आएर शरण लिनु पर्यो । समाजले जुन बाटो हिंडिरहेको छ त्यसलाई छोड्न सितिमिती सकिदैन । त्यसको लागि नयाँ गोरेटो बनाँन कुनै नकुनै साहासी व्यक्ती अगाडी सर्नुपर्छ, बलिदान दिनुपर्छ र विस्तारै त्यो सफल हुन्छ । आज हामिले ध्यान दिनुपर्ने बिषय के हो भने भुँइको टिप्दा खोल्टिको भुँइमा नझरोस् । अहिले ठिक त्यस्तै हुँदै आएको देखिन्छ । स्वतन्त्रताको नाउँमा छाडा पन अप्नाउँने व्यवहार पनि बढ्दै गएको देखिन्छ ।
घरेलु बुजुर्वा रितिरिवाजको बिरोध गर्दा आयतित परमपराहरूको विकास पनि हुँदै गएको छ । कतिपय महिलाहरूमा स्वतन्त्रताको दुर्पयोग पनि गर्दै आएको देखिन्छ । समाजमा दहेज प्रथाको व्यापकताका साथ फूले फलेको देखिन्छ ।
कतिपय महिंलाहरू बाध्यतामा व्यस्यवृद्धीमा फसेका छन् तर कतिपयले धन र ऐयासीकोलागि अनैतिक व्यवहार गर्दै आएका पनि छन् ।अहिले सहरहरूमा वा प्रवासमा कामदार महिंलाहरू लेभिङटुगेदरमा सँगै बस्ने चलनले पनि विकृती सिर्जना गरेको छ । श्रीमान विदेश जाने श्रीमतिले बिभिन्न बहानामा बजारमा भाडाको रूमलिएर छाडा जीवन बिताएको पनि देखिन्छ । उनिहरूलाई दिएको अधिकारको दुर्पयोग यो पनि हो ।
संस्कारी महिलाहरू आफ्ना सासु ससुराको साथमा उनिहरूको सुसार गरेर बसेका हुन्छन् । खेती पाति गरेर बसेका हुन्छन् ।जसले श्रीमान विदेश छँदा सासु ससुराबाट अलग भएर छोरा छोरी पढाउने बहानामा बजारमा बसेका हुन्छन् । उनिहरूको हरिबिजोग नै देखिन्छ । ऐयासी गर्ने अनि कुनै समस्या भयो भने पोइल जाने वा डिवोस गर्ने जस्ता घृणित कार्यहरू गरेको देखिन्छ ।
समाजलाई सन्तुलित बनाउन मानव समाजको कर्तव्य हो ।तर आज पैसा प्रधान समाजमा जसरी भएपनि पुँजि जुटाउँने व्यवहारले सहि केहो र गलत केहो छुट्टाउँन नै नसक्ने अवस्थामा छन् ।त्यसैले समाजलाई सचेत बनाउँने खालका कार्यक्रमहरूको निरन्तर खाँचो देखिन्छ । आज औपचारिकता मात्र पुरागर्ने उदेश्यले गरिएका आयोजना भन्दा वास्तविक महिंला हक हित र उनिहरूको मुक्तिका लागि योजना बनाएर जनचेतनाको उठान र विकासका कार्यहरू नियमित गर्नुपर्दछ ।