Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

रविले केही गर्लान् कि सकिएलान् ?

१६ शुक्रबार , चैत्र २०८०४ महिना अगाडि

रविले केही गर्लान् कि सकिएलान् ?

रवि लामिछाने, राजनीतिका किङपिन बन्न सफल भएका छन् । तेस्रो पार्टीले सत्ता हाँकेको छ, चौथो पार्टी सत्ताको मौलो बनेको छ । यसअघि पहिलो पार्टी सत्ता साझेदरा थियो, अहिले दोस्रो पार्टी सत्ता साझेदार छ ।
यसअघि कांग्रेसका वालकृष्ण खाण भुटानी शरणार्थी मुद्दामा जेल परे, धरौटीमा छुटे । कांग्रेस नेतृ आरजुदेखि मञ्जु खाणसम्म बिबादमा थिए छन्, बालुवाटार जग्गा प्रकरण बिबादमै छ । बाँसबारी जुत्ता कारखानाको जग्गादेखि कृष्णबहादुर महराको सुनकाण्डसम्मका बिबाद पनि जारी नै छन् । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेलाई जोडेर कांग्रेस सरकार होइन, रवि लामिछानेलाई सिध्याउन लागिपरेको छ । कांग्रेसजस्तो पार्टी एउटा व्यक्तिका पछाडि किन लाग्यो होला ?
रविले भनेका छन्– सहकारी पीडितको निक्षेप फिर्ता गराउँछु, जीवी राईलाई पानीमुनीबाट पनि ल्याउँछु । भ्रष्टाचारका फाइल खोल्छु, मुछिएकाहरू खुट्टा दह्रो पारेर टेक्नुहोला । रवि ताते, बेस्सरी नै तातेका छन् ।
विश्लेषक भन्छन्– रविले केही गरे भने मिसन ८४ उनको पक्षमा जनमत भएर आउनेछ । स्वयम रवि भ्रष्टाचारी ठहरिए, सकिए भने रविकै राजनीतिको मृत्यघण्ट बज्नेछ ।
रविका पछाडि ठूलो जनमत छ । रविसँग हिम्मत पनि छ । यसकारण प्रश्न उठ्यो– केही गर्लान् कि बिबादमा सकिएलान् ?