Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

सत्ता गठबन्धनले प्रदेश सरकारको भागबन्डा टुंगो लगाउदै

१३ मंगलबार , चैत्र २०८०४ महिना अगाडि

सत्ता गठबन्धनले प्रदेश सरकारको भागबन्डा टुंगो लगाउदै

नेपाली कांग्रेससंगको गठबन्धन टुटेपछी बनेको नयाँ सत्ता गठबन्धन दलहरुले प्रदेश सरकारको भागबन्डा आज टुंगो लगाउने भएका छन् । गठबन्धनदलका शीर्ष नेताहरुको बैठकले भागबन्डा टुंगो लगाउने भएका हुन् ।

आज बस्ने भनिएको गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने समय निश्चित भई नसकेको भएपनि गठबन्धनका नेताहरुबीच प्रदेशका मुख्यमन्त्रीका विषयमा अनौपचारिक छलफल भइसकेको र  नेताहरुबीच लगभग अनौपचारिक सहमतिसमेत जुटिसकेको बताइएको छ ।

शीर्ष नेताहरुबीच भएको छलफलअनुसार एमालेले कोशी, गण्डकी र कर्णाली, माओवादीले वाग्मती र लुम्बिनी प्रदेशको मुख्यमन्त्री लिने मोटामोटी सहमति भएको छ । त्यसैगरी जसपाले मधेश तथा नागरिक उन्मुक्तिले सुदूरपश्चिमको मुख्यमन्त्री पाउने लगभग निश्चित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच हिजो भएको अनौपचारिक छलफलमा प्रदेशको भागबन्डा आजसम्म टुंग्याउने सहमति भएको थियो । सहमति अनुसार कोशीमा पहिलो चरणमा एमाले, दोस्रो चरणमा माओवादी, मधेशमा जनता समाजवादी पार्टीको नेतृत्वको सरकार निरन्तरता र दुई वर्षपछि एमाले, वाग्मतीमा माओवादीकै निरन्तरता र त्यसपछि एमालेले लिने सहमति भएको बताईएको छ ।

गण्डकी र लुम्बिनीमा भने पहिले माओवादी, त्यसपछि एमालेको मुख्यमन्त्री हुने छन् । कर्णालीमा माओवादीको नेतृत्व परिवर्तन गरी एमाले र सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिने गरी गृहकार्य भएको बुझिएको छ । त्यस्तै एकीकृत समाजवादीले मधेश वा वाग्मतीमा आफ्नो पार्टीलाई केही समय मुख्यमन्त्री दिनुपर्ने दाबी गरेको छ ।